होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • त्रिवेणी एफसिले जित्याे पाँचौ छेडेदह कपको उपाधि
Breaking News

त्रिवेणी एफसिले जित्याे पाँचौ छेडेदह कपको उपाधि

  • नागरिक रैबार
त्रिवेणी एफसिले जित्याे पाँचौ छेडेदह कपको उपाधि

नागरिक रैबार/बाजुरा १७ कार्तिक।बाजुरामा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि त्रिवेणी एफसिले जितेकाे छ ।
सेमिफाईनल खेलबाट आयोजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिले पाँचौ छेडेदह कपको उपाधि जितेको हो ।
हिजो भएको सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचको खेल विवादित बनेपछि आयोजकलाई हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिलाई आयोजकले स्वतः प्रतियोगिताको विजेता घोषणा गरेको हो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रतियोगिताको विजेता बनेको त्रिवेणी एफसिलाई २ लाख ३५ हजार ३ सय ३५ रूपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् ।
खेलमा उत्कृष्ट गोल किपर त्रिवेणी एफसिका लोकेश चौधरी, सर्वाधिक गोल कर्ता त्रिवेणीकै गणेश धामी, उदयमान खेलाडीमा टिम बडालेखका गोल किपर मिनेश नाथलाई ट्रफी मेडल र प्रमाण दिईएको आयोजकले बताएको छ ।
विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।
खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता कार्तिक ११ गतेबाट संचालन भएको थियो ।
सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेको प्रतियोगिताको समापन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गरेका छन् ।
अर्को वर्ष प्रथम खप्तड छेडेदह गोल्ड कपको आयोजना गर्ने आयोजकले समापन कार्यक्रममा घोषणा गरेको छ । गोल्डकपको प्रथम पुरस्कार ३ लाख १ हजार १ सय र द्वितीय परस्कार २ लाख १ हजार १ सय प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार