होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा भूकम्प पीडितका लागि एकसय २५ अस्थायी आवास बनाइने
Breaking News

बाजुरामा भूकम्प पीडितका लागि एकसय २५ अस्थायी आवास बनाइने

भूकम्प पीडित ३ सय परिवारलाई नगद १५ हजार सहयोग गर्ने

  • नागरिक रैबार
बाजुरामा भूकम्प पीडितका लागि एकसय २५ अस्थायी आवास बनाइने
साँकेतिक तस्विर

नागरिक रैबार/बाजुरा २२ कार्तिक।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास (घर) निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए ।

भूकम्पका कारण सवैभन्दा बढी बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकाकामा क्षती पुर्याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) को आर्थिक सहयोगमा रेडक्रसले भुकम्पका कारण पूर्ण रुपमा घर भत्किएर घरविहीन भएका बुढीगंगाका , त्रिवेणी र खप्तड क्षेडेदहका १ सय २५ परिवारलाई शौचालय सहितको अस्थायी आवास बनाउन नगद ५० हजार सहयोग गर्ने भएको छ ।

मंगलबार रेडक्रस बाजुरा शाखाको आयोजनामा गरिएको भुकुम्प प्रतिकार्य कार्यक्रमको कार्यशाला गोष्ठीमा बाजुरामा भुकम्पले घर पूर्ण रुपमा भत्काएर घरविहिन बनेका १ सय २५ जनाको अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्ने जानकारी गराएको छ । त्यस्तै भूकम्प प्रभावित ३ सय परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गरिने रेडक्रस बाजुराका मन्त्री टंक न्यौपानेले बताएका छन् ।

विज्ञापन

भुकम्पबाट प्रभावित बनेका बुढीगंगाका १९, त्रिवेणीका ५९ र खप्तड क्षेडेदहका २ सय २२ गरी ३ सय परिवारलाई सम्वन्धित वडा र पालिकासंगको सहकार्यमा रेडक्रसले अत्यावश्यक सामग्री खरिदका लागि आर्थिक सहयोग गर्ने रेडक्रस बाजुरा शाखाका सभापति मेघराज जैशीले बताएका छन् ।

असोज १६ गते बझाङ केन्द्र विन्दु भएर गएकोे भूकम्पले बाजुराका ९ वटै पालिकामा करिव १४ सय बढी घरमा क्षती पु¥याएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा छ । यस अघिको भुकम्पका कारण घरहरु चक्रिएपछि अहिले स्थानीयहरु समस्यामा परेका छन् । गएको जेठ यता विभिन्न समयमा भुकम्पका पराकम्पनहरु गईरहकोले यहाँका कतिपय स्थानीयहरु घरछाडेर बाहिर बसिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार