होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • ट्राभल
  • बाजुरामा बस व्यवसायीहरूले यात्रुबाट तोकेको भन्दा बढी भाडा असुल्दै
ट्राभल

बाजुरामा बस व्यवसायीहरूले यात्रुबाट तोकेको भन्दा बढी भाडा असुल्दै

  • नागरिक रैबार
बाजुरामा बस व्यवसायीहरूले यात्रुबाट तोकेको भन्दा बढी भाडा असुल्दै

नागरिक रैबार/बाजुरा ४ म‌सिर। बाजुराबाट चल्ने बस व्यवसायीहरुले यात्रुहरुबा मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । बाजुरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर लगायतका ठाउँमा जाने यात्रुहरुस‌ग तोकेको भन्दा बढी भाडा असुल्ने गरेको यात्रुहरुको भनाइ छ । दशै र तिहारका लागि घर आएकाहरु यति खेर जिल्ला बाहिर गइरहेका छन् । यात्रुहरुको  चापलाई मध्येनजर गरी व्यवसायीहरुले तोकेको भन्दा बढी भाडा असुली गरिरहेको पाइएको छ ।

१६ सय रुपैया भाडा तय गरिएको मार्तडी धनगढीसम्मको भाडा ४ सय रुपैया बढाएर प्रति व्यक्तिबाट २ हजार लिने गरेको यात्रुहरुको भनाई छ । तोकिएको भाडाभन्दा ४ सय कसैलाई थाहै नदिई असुली गर्ने गरेको आरोप यात्रुहरुको छ ।

तोकिएको समयमा पनि बस नहिडाउँने र यात्रुको चापलाई देखाएर आफूखुसी भाडा असुल्ने गरेको आरोप लागेको छ । यात्रुहरुले भाडा ४ सय किन बढेको भन्दा उल्टै जान मन छैन्, भन्दै थर्काउने काम समेत मार्तडी काउन्टरबाटै हुने गरेको आक्रोश यात्रुहरुको छ ।

विज्ञापन

एक जना यात्रुबाट व्यवसायीहरुले यसरी तोकेको भाडादर भन्दा ४ सय बढी असुल्ने गरेको भएपनि प्रहरी प्रशासन मौन छ । चाड पर्व लक्षित भाडा घटाउनुको साँटो उल्टै कसैलाई थाहै नदिई सम्बन्धी बस धनी र काउन्टरमा बस्नेहरुको मिलोमतोमा भाडा असुली धन्दा सुरु गरिएको आक्रोश यात्रुहरुको छ ।

बाजुराबाट सुदूरपश्चिम यातायात, पवनदुत, मालिका, खप्तड डिलक्स, महाकाली यातायात, बैजथान डिलक्स, भेरी, बडीमालिका यातायात सहीतका बससेवा सञ्चालनमा छन् ।

बाजुरा मार्तडीमा रहेको काउन्टर पनि सामुहीक भएकोले सबै समितिका बस र बस धनीलाई जानकारी गराएर काउन्टर समितिबाटै मनोमानी भाडा असुल्नेकाम भइरहेको छ । नजिकै रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भने बेखबर छ ।

यात्रुहरुले बेला बेला गुनासो गर्दा समेत प्रहरी नसुनेझै गर्ने गरेका छन् । बसधनी र काउन्टर समितिलाई पैसा असुली भए पुग्ने मान्यता राखेका छन् ।

यात्रुहरुलाई पनि जानै पर्ने भएकोले महँगो भाडा तिर्न बाध्य छन् । प्रहरी निरीक्षक किशोर सिंह ऐरीले उजुरी नआएकोले चेकजाँच नगरिपनि भोलिबाट अनिवार्य निगरानी गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालयले पनि तत्काल बुझेर छानवीन गर्ने बताएको छ ।

यता बस काउन्टरका प्रतिनिधीले भने नम्बर बाहेकका बसहरुले मात्रै एकतर्फी खाली आउनु पर्ने भएकोले २ हजार लिएपनि १६ सय भन्दा बढी कसैलाई नलिएको दाबी गरेका छन् । काउन्टरमा टिकट नै नकाटेको र बाहिर थप गरिएका बसहरुले मात्रै भाडा लिएकोले यसलाई मनोमानी र असुली भन्न नमिल्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार