होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • प्रथम साईनिङ्ग स्टार कप फुटबल प्रतियोगिता काेल्टीमा सूरू
खेलकुद

प्रथम साईनिङ्ग स्टार कप फुटबल प्रतियोगिता काेल्टीमा सूरू

बिजेताले १ लाख ५५ हजार पाँच सय ५५ पाउने

  • नागरिक रैबार
प्रथम साईनिङ्ग स्टार कप फुटबल प्रतियोगिता काेल्टीमा सूरू

राजेन्द्र राेकाया/ काेल्टी १७ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा आजदेखि प्रथम साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।

खेल जनकप्रकाश माद्यामिक बिद्यायलयमा संचालन भईरहेको छ । खेलमा २४ टिमको सहभागिता रहेको आयोज साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाले जानकारी दिनुभएको छ ।

खेलहरु भोलि बिहान ७ बजेदेखि संचालन हुने भएका छन् । आज भएको कर्मचारी, राजनितिक दल र ब्यापारी बिचको मैत्रिपूर्ण खेलमा कर्मचारीले जितेको छ । ब्यापारीलाई १–० ले हराउदै कर्मचारीले उद्घाटनको खेल जितेको हो । खेल जितेको कर्मचारी बोका पुरुस्कार पाएको छ ।

विज्ञापन

खेलको बिजेताले १ लाख ५५ हजार पाँच सय ५५ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छ भने उप बिजेता हुने टिमले १ लाख १ हजार १ सय ५५ नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनुभएको थियो ।

कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल, स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष भरत बहादुर रोकाया, बुढीनन्दा नगरपालिकाका उप–प्रमुख रामबहादुर बोहरा, जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरुकला बिष्ट बिशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जनक कुमार बोहराले खेलका मुख्य रेफ्रि सविन ढकाललाई फुटबल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

खेलमा एन्फाका रेफ्रि सविन ढकाल, निश्चल गुरुङ्ग र ज्ञानेन्द्र आलेमगरले खेलाउने भएका छन् । साईनिङ्ग स्टार युथ क्लबका उपध्यक्ष पवन रोकायाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सचिव महेश कार्कीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार