होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न
Breaking News

भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न

  • नागरिक रैबार
भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न

नागरिक रैबार/बाजुरा २१ कार्तिक।मार्तडीमा भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम मार्तडी सम्पन्न भएको हो ।

असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट बाजुराका बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा पीडित बनेका ३ सय परिवारको व्यवस्थापनका लागि नगद १५ हजार र १ सय २५ अस्थायी आवास निर्माणका लागि रेडक्रस बाजुराले गर्ने सहयोगका विषयमा कार्यशालामा जानकारी गराइएको थियो ।

कार्यशालामा बुढीगंगाका १९, त्रिवेणीका ५९ र खप्तड क्षेडेदहका २ सय २२ गरी ३ सय भूकम्प प्रभावित परिवारलाई रु १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रस बाजुराका मन्त्री टंक न्यौपानेले बताएका छन् ।

विज्ञापन

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले भुकम्पका कारण पूर्ण रुपमा घर भत्किएर घरविहीन भएका १ सय २५ परिवारलाई शौचालय सहितको अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ । त्यस्तै भूकम्प प्रभावित ३ सय परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रस बाजुराले जनाएको छ।

मंगलबार मार्तडीको हिलटप होटलको तालिमहलमा संचालन भएको उक्त कार्यक्रममा बाजुरामा भुकम्पबाट प्रभावित बनेका परिवारहरुलाई स्थानीय तह र वडाको सहकार्यमा राहत तथा उद्धारमा सहयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको रेडक्रस बाजुराका मन्त्री न्यौपानेको भनाई छ ।

अभिमुखिकरण कार्यशालाको सहजिकरण व्रिटिस रेडक्रसका नगद प्रतिनिधि मनिक शाह, अमेरिका रेडक्रसका वरिष्ट पिएमइआर अधिकारी अनुप केशी, नेपाल रेडक्रस केन्द्रीय कार्यालयका विपद् व्यवस्थापन  विभाग बरिस्ठ अधिकृतद्वय सन्तोश न्यौपाने र मधुकर श्रेष्ठले गरेका थिए ।
नेपाल रेडक्रस बाजुरा शाखाका अध्यक्ष मेघराज जैशीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाका मन्त्री टंक प्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रममा अतिथिहरुलाई कोषाध्यक्ष लोकराज रेग्मीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा रेडक्रस बाजुरा शाखाका पदाधिकारी, उपशाखाका सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार