होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीबाट बाजुरा आउँदै गरेकाे जीप डाेटीमा दुर्घटना ४ काे मृत्यु, ५ घाईते
देश/प्रदेश

धनगढीबाट बाजुरा आउँदै गरेकाे जीप डाेटीमा दुर्घटना ४ काे मृत्यु, ५ घाईते

  • नागरिक रैबार
धनगढीबाट बाजुरा आउँदै गरेकाे जीप डाेटीमा दुर्घटना ४ काे मृत्यु, ५ घाईते

नागरिक रैबार/बाजुरा १९ कात्तिक । धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुँदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन ।

के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा जिप दुर्घटना भएको तलकाेट प्रहरी चौकी डोटीले जनाएको छ ।प्रहरीका अनुसार गाैमुल गाउँपालिका ४ घर भएका २१ वर्षका महेश बुढाले चलाएकाे ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको छ । घाईतेहरुको उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सबै हिमाली गाउँपालिकाका रहेका छन । जसमा हिमाली गाउँपालिका ५ का २२ बर्षिया राधिका हमाल, बर्ष ३२ की धनसोभा बुढा, निज धनसोभा बुढाको ६ बर्षिया छोरा कबिन्द्र बुढा र सोही वडाका बिमला मलालकी ८ बर्षिया छोरी प्राथना मलाल रहेका छन ।

विज्ञापन

यसै गरी घाईते हुनेमा सोही गाउँपालिका ५ का बर्ष ३० का प्रकाश बुढथापा, बर्ष २३ का खोम बहादुर मलाल, बर्ष २४ का दान बहादुर बुढा, बर्ष २१ कि बिमला मलाल र बर्ष २१ का राज बहादुर मलाल रहेका छन ।

घाईते मध्य राज बहादुर मलालको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । चालकलाइ प्रहरीको नियन्त्रणमा लिसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार