होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिसो छ्ल्न  हिमाली भेगका भोटेजाती बेसि झर्न शुरु 
समाचार

चिसो छ्ल्न  हिमाली भेगका भोटेजाती बेसि झर्न शुरु 

  • नागरिक रैबार
चिसो छ्ल्न  हिमाली भेगका भोटेजाती बेसि झर्न शुरु 

 राजेन्द्र बिक बाजुरा ,२मंसिर /बाजुरा,हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगमा स्थानिय भेडा पालक भोटेहरु  चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् ।

हिउँदे सिजनको चिसोयाम शुरु हुन थाले पछी हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् ।

बाजुराको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले  हिमाली भेगमा हिमपात शुरु भए संगै चिसो बढेपछी गाउँमा बस्न नसकीने अवस्था हुदाँ सबै गाउँका स्थानिय  बालवालीका तथा चौपाय साथमा लिएर बेसी तिर झरेको बताउनु भयो।
छिरिङले गत वर्षको भन्दा यस बर्ष चाँडै जाडो सुरु भएकाले पनि स्थानिय बासी चिसो छल्न छिटै बेसी झर्ने क्रम शुरु भएको बताउनु भयो ।

विज्ञापन

प्रत्येक बर्ष हिमाली भेगका भोटेहरु हिउँदे खेती लगाएर मंसिरको अन्तिम तिर बेसी झर्ने गरेका थिए । यो बर्ष चिसो छिट्टै बढेकाले मंसिरको शुरुवातमै बेसि झर्न शुरु गरिएको हो।
यसरी बेसी झर्ने भोटेजाती हरु साथमा वृद्ध,वृद्धा बालवालीका सहित  स- परिवार भेडा, च्यांग्रा र बस्तु भाउ समेत साथमा ल्याएर बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड सेरा, मालागाड, मनागाउ कालाआम,अछामको साँफे बगर डोटि लगाएतका विभिन्न जंगली क्षेत्रमा  बसोबास ४देखि ६ महिना सम्म बस्ने गरेका छन्।
बेसि झर्ने क्रममा उनीहरु गन्तव्य नपुगुन्जेल नदी खोला किनार र भेडा च्यांग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्दछन् । गन्तव्यमा पुगेपछि घाँसपातले चारैतिरबाट बारेर बीचमा ठड्याएको प्लास्टिक पालभित्र यी परिवारको हिउँद बित्ने गर्दछ । ‘गाउँमा चिसो बढ्ने र पेट पाल्न पनि समस्या हुनेभएकाले  औलतिर झर्नुपर्ने बाध्यता रहेको हिमाली भेगका भेडा पालक किसानहरुको गुनासो छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार