होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बुढीगंगा मेयर कपकाे उपाधि अछामकाे मेल्लेख गाउँपालिकालाई
खेलकुद

बुढीगंगा मेयर कपकाे उपाधि अछामकाे मेल्लेख गाउँपालिकालाई

  • नागरिक रैबार
बुढीगंगा मेयर कपकाे उपाधि अछामकाे मेल्लेख गाउँपालिकालाई

नागरिक रैबार/बाजुरा २३ कात्तिक ।बाजुरामा जारी अन्तरपालिका स्तरी प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिताकाे उपाधि मेल्लेख गाउँपालिका अछामले जितेकाे छ ।

बुढीगंगा नगरपालिकाद्वारा आयाेजित अन्तरपालिका स्तरीय भलिवल प्रतियाेगिताकाे आज भएकाे फाईनल खेलमा आदर्श गाउँपालिका डाेटीलाई हराउँदै  मेल्लेख गाउँपालिकाले उपाधि जितेको हो।

जितसँगै मेल्लेखले नगद १ लाख ५७ हजार ७ ७ सय ७७ सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको उपविजेता आदर्श गाउँपालिका डाेटीले नगद एक लाख ७ हजार ७ सय ७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

विज्ञापन

त्यस्तै प्रतियाेगिताकाे तृतिय अछामकाे बान्निगढी जयगढ गाउँपालिका बनेकाे छ । उसलाई ५७ हजार ७ सय ७७ नगद प्रदान गरिएकाे छ भने खेलकाे सान्त्वना पुरस्कार कन्चनपुरकाे भिमदत्त नगरपालिकालाई प्रदान गरिएकाे नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

कात्तिक १९ गतेबाट बुढिगंगा नगरपालिकामा संचालन भएकाे उक्त प्रतियाेगिता आज सम्पन्न भएकाे हाे । प्रतियाेगितामा जिल्ला भित्रका साथै सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाबाट१६ वटा टिमले सहभागीता जनाएका थिए ।

बडा दशैं तथा शुभदिपालीकाे अवसर पारेर आयाेजना गरिएकाे प्रतियाेगिता बडीमालिका क्याम्पस फालासैनकाे खेलमैदानमा संचालन भएकाे थियाे ।

खेल क्षेत्रको विकासका लागि पहिलाेपटक अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिएको र अब प्रतेक वर्ष यस्ता खेलकुदका गतिविधिहरू संचालन गर्दै जाने बुढीगंगा नगरपालिकाका नगर प्रमुख बानियाँले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार