होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भाईटिकाकै दिन मार्तडी नजिकै अटाे दुर्घटना, ३ जना घाईते
Breaking News

भाईटिकाकै दिन मार्तडी नजिकै अटाे दुर्घटना, ३ जना घाईते

  • नागरिक रैबार
भाईटिकाकै दिन मार्तडी नजिकै अटाे दुर्घटना, ३ जना घाईते

नागरिक रैबार/बाजुरा २९ कात्तिक । बाजुरामा अटाे दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । साँफे- मार्तडी राजमार्गकाे मुख्य सडकखण्ड जिल्ला अस्पताल नजिकैकाे माेडमा अटाे दुर्घटना भएकाे हाे ।

बुधबार विहान बडिमालिका नगरपालिका- ६ काे बिरेखाेला बाट सदरमुकाम मार्तडी आउदै गरेकाे सुदूरपश्चिम ०१-००१-स-७४५२ नम्बरकाे अटाे जिल्ला अस्पताल नजिकैकाे तल्लाे माेडमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अटाेमा चालक उद्वव सांउदसहित ६ जना सवार रहेका थिए । दुर्घटनामा परेर ३ जना घाईते भएकाे र २ जना सामान्य घाईते भएकाे प्रहरीले बताएको छ ।

विज्ञापन

घाइते हुनेमा ३४ वर्षकी तुलसी कटुवाल, उनी छोरी १० वर्षकी सृष्टी कटुवाल, २४ वर्षकी राधीका बोहरा थापा, उनको छोरा आयुष बोहरा र १६ वर्षका विशाल कटुवाल रहेका छन् ।

ती मध्ये तुलसा कटुवाल र विशाल बडुवाल बाहेक अरुलाई सामान्य चोट मात्रै लागेको छ । कटुवालको निधार, दाँत र हातमा चोट लागेको छ । भने बडुवालको खुट्टा र ढाडमा चोट लागेको छ ।

अटाेमा सवार घाईते ३ जनाकाे जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे प्रहरीले जनाएको छ । चालक साउँदलाई नियन्त्रणमा लिईएकाे प्रहरीकाे भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि