होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा […]
नागरिक रैबार/बाजुरा २९ माघ। जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकाले जिल्लामा भर्खरै मात्र सम्पन्न भएकाे राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । माघ १५ देखि बुढीनन्दा नगरपालिकाकाे कोल्टीमा आयाेजना भएकाे १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाकाे तर्फबाट प्रतियोगितामा सहभागि मध्येबाट पदक जितेका खेलाडीलाई पालिकाले नगद सहीत सम्मान गरेको गाउँपालिकाका अध्यक्ष दिलबहादुर […]
नागरिक रैबार/बाजुरा २९ माघ। बाजुराको बडीमालिका नगरपालिकाकाे नगरसभा तथा १४ औ हिउँदे अधिवेशन सम्पन्न भएकाे छ । बडीमालिकाकाे आज सम्पन्न १४ औँ नगरसभामा ऐन, नियमावली, र १० वटा कार्यविधिहरू पारित गरिएका छन् । नगरपालिकाले आर्थिक बर्ष २०८०।८१ मा ४५ करोड १२ लाख २१ हजार ४ सय बजेट बिनियोजन गरेकोमा सो चालू आवकाे ७ महिनामा कुल […]
नागरिक रैबार/बाजुरा २८ माघ । नेकपा एमाले बाजुराले पार्टीकाे आठाैं जिल्ला अधिवेशन आउँदाे चैत १६-१७ गते गर्ने निर्णय गरेकाे छ । आईतबार आज दिउसाे नवनिर्वाचित जिल्ला अध्यक्ष भरत बहादुर थापाकाे अध्यक्षतामा बसेकाे ११ औ जिल्ला कमिटीकाे बैठकले आठौं जिल्ला अधिवेशन चैत १६-१७ गते सदरमुकाम मार्तडीमा गर्ने निर्णय भएकाे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
नागरिक रैबार/बाजुरा २८ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् । जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि आज बसेकाे जिल्ला कमिटीकाे बैठकले रिक्त रहेकाे अध्यक्ष पदमा भरत बहादुर थापालाई जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै उपाध्यक्षमा उपसचिव जनक कुमार बोहारा, सचिवमा […]
नागरिक रैबार/बाजुरा २४ माघ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रम सोसाइटी बाजुरा शाखासँगको सहकार्यमा वडा कार्यालयले वडाका भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । वडा अध्यक्ष रावतका अनुसार भुकम्पबाछ प्रभावित […]
नागरिक रैबार/बाजुरा २४ माघ। बाजुराको बुढीगंगा नगरपालिकाको नवौं नगरसभा विभिन्न निति नियम, ऐन कानुन र कार्यविधि पारित गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।. Jordan Burt see thru शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षीत र समृद्ध बुढीगङ्गा बिकासको आधार, भन्ने मुल नाराका साथ मंगलबार बुढीगंगाको नवौं नगर सभा सम्पन्न भएको हो । नगर सभाबाट […]
नागरिक रैबार/बाजुरा २३ माघ । बाजुराको बडीमालिका नगरपालिकाले १४ औं नगरसभा तथा हिउँदे अधिवेशन यहि माघ २९ गते गर्ने निर्णय गरेको छ । सोमबार नगरपालिकामा बसेको ३३ औं नगरकार्यपालिकाको बैठकबाट सो निर्णय भएको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिए । नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले नगरपालिकामा १७ गतेबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका […]
नागरिक रैबार/बाजुरा २३ माघ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । सोमबार बडीमालिका–८ स्थित रतुडामा रहेको जनप्रकाश आधारभूत विधालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तरगत स्कुल ड्रेस, स्टेशनरी र चिसो छल्न न्यानो कम्वल (ब्लाँकेट) वितरण गरिएको वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका […]
नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । स्थापना दिवसको अवसरमा दुई जना कृयाशिल पत्रकारलाई सम्मान गरेको छ। सम्मानित हुनेमा गगन बाणी अनलाइनका पत्रकार गगन अएडी र पत्रकार बिमला रावल रहेका छन । बाजुरा शाखाले प्रत्यक बर्ष बिनोद कुमार विक स्मृती पत्रकारीता […]
नागरिक रैबार/बाजुरा २१ माघ। १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुढिनन्दा नगरपालिकाले जितेकाे छ । जिल्लाका अन्य ८ पालिकालाई पराजित गर्दै बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि जितेकाे हाे । माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । उक्त १४ […]
राजेन्द्र विक बाजुरा,२१ माघ। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमाकी २८ बर्षीया गर्भवती सुकिलि शार्किको मृत्यु भएको छ। सुत्केरी ब्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आएकी गर्भवति शार्किको अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने भएको र त्यो कोल्टिमा सम्भब नभएपछी रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपालि सेनाको हेलिकप्टर मार्फत शनिबार कोल्टी बाट सुर्खेत उद्धार गरिएको थियो।कर्णालि […]
बाजुरा। स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन (लिजा) मा बाजुराका जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिका पनि उत्कृष्ट ५ पालिका भित्र परेका छन् । सुदूरपश्चिमका ८८ पालिका मध्ये बाजुराका जगन्नाथ र बुढीगंगा परेका हुन् । जिल्लाको मूल्याकंनमा पहिलो जगन्नाथ र दोस्रोमा बुढीगंगा नगरपालिका परेका थिए । दुबै पालिकालाई प्रदेश सरकारको मूल्याकंनमा उत्कृष्ट पाँच भित्र राखिएको छ । […]
नागरिक रैबार/बाजुरा १८ माघ।बाजुरामा करिव ४ महिनापछि भारी वर्षासंगै हिमपात भएको छ । लामो समयको अन्तरालपछि वर्षासंगै हिमपात भएपछि कृषकहरुले लगाएको हिउँदे बाली सप्रिने भएको छ । भदौको अन्तिम सातापछि बाजुरामा वर्षा भएको थिएन् । बुधबार रातीबाट बाजुराका उच्च हिमाली भेगमा हिमपात र वर्षा निरन्तर भईरहेको छ । ४ महिनापछि एकाएक बर्षासंगै हिमपात भएपछि सुक्न […]
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो । राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नागरिक रैबार/बाजुरा १६ माघ।बाजुराको हिमाली गाउँपालिका ३ युनाकी १ गर्भवति महिलाले बलत्कार जस्तो जघन्य अपराधमा न्याय नपाएको भन्दै जिल्ला दलित नेटवर्क बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज जिल्ला प्रशासन कार्यालय बाजुरामा जिल्ला नेटवर्कका अध्यक्ष जसबहदुर विक, सचिव रमेश सुनार, दलित अधिकारकर्मी मानबहादुर विकसहित पीडित परिवारले बलत्कार जस्तो जघन्य अपराधमा […]
नागरिक रैबार/बाजुरा १६ माघ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर वडामा रहेका विपन्न विद्यार्थी र परिवारलाई सहयोग गरेका छन् । बडीमालिका नगरपालिकाका नगर प्रवक्ता समेत रहेका पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर आज वडा कार्यालयमा ८ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानो लुगा र २ जना विपन्न परिवारलाई […]
नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सूरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुढीन्नदा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना र बुढीनन्दा नगरपालिकाको सह–आयोजनामा […]
नागरिक रैबार/बाजुरा १५ माघ। जिल्लाकाे जगन्नाथ गाउँपालिकाले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने भएकाे छ । हिजाे पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा १३ माघ।सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० यस वर्ष बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रले यस वर्षको पुरस्कार सुप्रिमलाई दिर्ने निर्णय गरेको अध्यक्ष मेहन्द्र श्रेष्ठले जानकारी दिए । उक्त पुरस्कार सुप्रिमलाई आगामी माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोहको बीच अर्पण […]