होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि बुढीनन्दा नगरले उचाल्याे
Breaking News

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि बुढीनन्दा नगरले उचाल्याे

  • नागरिक रैबार
१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि बुढीनन्दा नगरले उचाल्याे

नागरिक रैबार/बाजुरा २१ माघ। १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुढिनन्दा नगरपालिकाले जितेकाे  छ ।

जिल्लाका अन्य ८ पालिकालाई पराजित गर्दै बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि जितेकाे हाे ।

माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

विज्ञापन

उक्त १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा एथेलेटिक्स, कबड्डी, भलिवल र मार्सलआर्ट लगायतका अलग अलग समूहमा १ हजार २९ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थियो ।

प्रतियोगितामा नगरपालिकाले १८ स्वर्ण र २१ रजतसहित प्रथमा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

त्यस्तै १८ स्वर्ण, १४ रजत र ६ कास्य सहित बडीमालिका नगरपालिका द्धितीय भएको छ भने ८ स्वर्ण १४ रजत र ४ कास्यसहित खप्तड छेडेदह गाउँपालिका तृतीय भएको छ ।

त्यसैगरि प्रतियोगितामा बुढीगंगा नगरपालिकाले ७ स्वणर्, १ रजत र ३ कास्य, त्रिवेणी नगरपालिकाले २ स्वणर्, ८ रजत र ६ कास्य, स्वामिकार्तिक खापर गाउँपालिकाले ६ स्वणर्, २ रजत र ४ कास्य हासिल गरेको छ ।

त्यस्तै गौमुल गाउँपालिकाले ४ स्वर्ण र ३ रजत, जगन्नाथ गाउँपालिकाले २ स्वर्णर, २ रजत र ४ कास्य र हिमाली गाउँपालिकाले १ कास्य हासिल प्राप्त गरेको छ ।

करिब ७ दिन सम्म सञ्चालन भएको १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शान्त वातावरणमा समापन भएको खेलकुद समितिले जनाएको छ । २०८१ मा हुने १५ औँ राष्ट्रपति रनिङ सिल्ड बुढिगंगा नगरपालिकामा हुने समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार