होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाको नवौं नगरसभा सम्पन्न, यस्ता भए निर्णय
समाचार

बुढीगंगाको नवौं नगरसभा सम्पन्न, यस्ता भए निर्णय

  • नागरिक रैबार
बुढीगंगाको नवौं नगरसभा सम्पन्न, यस्ता भए निर्णय

नागरिक रैबार/बाजुरा २४ माघ। बाजुराको बुढीगंगा नगरपालिकाको नवौं नगरसभा विभिन्न निति नियम, ऐन कानुन र कार्यविधि पारित गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षीत र समृद्ध बुढीगङ्गा बिकासको आधार, भन्ने मुल नाराका साथ मंगलबार बुढीगंगाको नवौं नगर सभा सम्पन्न भएको हो ।

नगर सभाबाट नगर प्रहरी ऐन २०८०, डिपिआर निर्माण कार्यविधि २०८०, कृषि वजारिकरण निति २०८०, खेलकुद शिक्षक व्यवस्थापन कार्यविधि २०८०, वाल क्लव दर्ता कार्यविधि २०८०, स्वच्छता कार्यविधि २०८०, खानेपानी सरसफाई र स्वच्छता ऐन २०८०, वडा स्तरिय व्यवसायि उत्पादन केन्द्र कार्यकम निर्देशिका २०८०, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण निति २०८०, समुह समिति तथा निग्रानी समुह गठन संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, दिगो विकास स्थानियकरण निति २०८०, नदिजन्य पदार्थ संकलन तथा व्यवस्थापन कार्यविधि २०८०  पारित गरेको नगर प्रवक्ता हेमराज जोशीले बताएका छन ।

विज्ञापन

No description available.

आठौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम, योजना र बजेट बारे समीक्षा गरि आगामी योजना बारे पनि छलफल गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । बुढीगंगाले हालसम्म ७४ वटा ऐन, नियम र कार्यविधि पारित गरि कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन ।

No description available.

नगर सभामा प्रस्तुत खर्च प्रतिवेदन अनुसार २० करोड बजेट खर्च भएको र आर्थिक वर्षको ६ महिनाको अवधीमा १५ करोड चालु र ५ करोड पुजिँगत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नाथले जानकारी दिएका छन ।

नगर सभाले कोल्टीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डका पदक विजेता र लोक सेवामा ६ ठाउँमा नाम निकाल्ने बुढीग‌गा स्थायी घर भएकी छाया कुमारी जैशीलाई सम्मान र पुरस्कार दिने निर्णय गरेको नगरउपप्रमुख माया खड्काले बताएकी छन् ।

नगर सभाले पालिकामा उत्कृष्ट, गुणस्तरीय र समयाअवधि अगावै निर्माण कार्य सम्पन्न गर्ने जिआर कन्ट्रक्सनका सञ्चालक शुनिल कुमार थापालाई सम्मान तथा पुरस्कार दिने निर्णय सहित नगरसभा सम्पन्न गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार