होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा भारी वर्षासंगै हिमपात, कृषकलाई राहत
Breaking News

बाजुरामा भारी वर्षासंगै हिमपात, कृषकलाई राहत

  • नागरिक रैबार
बाजुरामा भारी वर्षासंगै हिमपात, कृषकलाई राहत

नागरिक रैबार/बाजुरा १८ माघ।बाजुरामा करिव ४ महिनापछि भारी वर्षासंगै हिमपात भएको छ । लामो समयको अन्तरालपछि वर्षासंगै हिमपात भएपछि कृषकहरुले लगाएको हिउँदे बाली सप्रिने भएको छ ।

भदौको अन्तिम सातापछि बाजुरामा वर्षा भएको थिएन् । बुधबार रातीबाट बाजुराका उच्च हिमाली भेगमा हिमपात र वर्षा निरन्तर भईरहेको छ ।

४ महिनापछि एकाएक बर्षासंगै हिमपात भएपछि सुक्न लागेको हिउँदे बाली सप्रिने कृषकहरुले बताएका छन् । वर्षासंगै हिमपात भएपछि जिल्लामा चिसोले जनजिवन कष्टकर बनेको छ ।

विज्ञापन

लगातार पानी र हिमपात भएपछि सदरमुकाम मार्तडी बजार क्षेत्र सहीत गाउँका विद्यालय बन्द गर्नु पर्ने अवस्था देखिएको छ । घर बाहिर आएर हिँडडुल गर्न नै समस्या देखिएको छ । हिमाली गाउँपालिकाको बिच्छ्या, क्षेत्र, स्वामिकात्र्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिकाको कोल्टीको कुरु, पाण्डुसैन, खप्तड छेडेदह गाउँपालिकाको काँडाडा, रान, आटीचौर, बडीमालिकाको ढम्कने, गौमुल गाउँपालिकाको अम्लीस, पाते गर्जे, तल्दुगन, मल्गुदनमा हिमपात भएको छ ।

बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा बाक्लो हिमपात भएको छ । मार्तडी कोल्टी सडक अवरोध भएको प्रहरीले बताएको छ । हिमपात र बर्षाका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि