होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • खप्तड छेडेदहले गर्याे राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई सम्मान
खेलकुद

खप्तड छेडेदहले गर्याे राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई सम्मान

  • नागरिक रैबार
खप्तड छेडेदहले गर्याे राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई सम्मान

नागरिक रैबार/बाजुरा २९ माघ। जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकाले जिल्लामा भर्खरै मात्र सम्पन्न भएकाे राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

माघ १५ देखि बुढीनन्दा नगरपालिकाकाे कोल्टीमा आयाेजना भएकाे १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाकाे तर्फबाट प्रतियोगितामा सहभागि मध्येबाट पदक जितेका खेलाडीलाई पालिकाले नगद सहीत सम्मान गरेको गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।

आज एक औपचारिक कार्यक्रमका बीच पदक विजेता खेलाडीलाई पालिका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष बिशुदेवी नाथ, प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय सहीतले सम्मान र बधाई ज्ञापन गरेको हाे ।

विज्ञापन

खप्तड छेडेदहले यो शिल्डमा ८ स्वर्ण, १४ रजत र ४ कास्य गरि २६ पदक हात पारेको थियो । भने सहभागि नौ वटा पालिका मध्ये तृतीय स्थान ल्याउन सफल भएको थियो । साथै पालिकाले अनुशासन विधामा समेत उपाधी जितेको थियो ।

पालिकाले तीन वटा विधामा स्वर्ण जित्न सफल सिर्जना कुमारी बुढाथोकीलाई उत्कृष्ट खेलाडी सम्मान स्वरुप नगर ४ हजार सहीत सम्मान गरेको छ । पालिकाले मार्सलार्ट तर्फ मुख्य प्रशिक्षक नरेन्द्र ओली र एथ्लेष्टीक तर्फको मुख्य प्रशिक्षक रामबहादुर रावत सहीतका शिक्षकहरुलाई पनि पालिकाले सम्मान गरेको छ ।

यस्तै एकल विधामा गोल्ड पाउनेलाई ३ हजार नगद, रजत पाउनेलाई २ हजार र काश्य पाउनेलाई १ हजार नगद सहीत सम्मान गरेको हो । यस्तै सामुहीक विधामा स्वर्ण पाउनेलाई प्रतिव्यक्ति १ हजार ५ सय र रजत काश्य पाउनेलाई एक हजार नगद सहीत सम्मान गरिएको छ ।

खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान गरिएको अध्यक्ष दीलबहादुर रावतले बताएका छन् । गाउँपालिकाबाट यो वर्ष क्षेत्रीय खेलका लागि ११ जना खेलाडी छनोटमा परेका छन् । आजै पालिकामा नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायलाई पालिका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष बिशुदेवी नाथ, कार्यपालिका सदस्य सहीत कर्मचारीले स्वागत गरेका थिए । 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार