होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका–८ का वडा अध्यक्ष थापाको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री 
समाचार

बडीमालिका–८ का वडा अध्यक्ष थापाको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री 

  • नागरिक रैबार
बडीमालिका–८ का वडा अध्यक्ष थापाको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री 

नागरिक रैबार/बाजुरा २३ माघ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

सोमबार बडीमालिका–८ स्थित रतुडामा रहेको जनप्रकाश आधारभूत विधालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तरगत स्कुल ड्रेस, स्टेशनरी र चिसो छल्न न्यानो कम्वल (ब्लाँकेट) वितरण गरिएको वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।

May be an image of 10 people, child, people smiling and text that says 'REDMI NOTE PRO AI QUAD CAMERA 2024/2/5 14:31'

विज्ञापन

वडा अध्यक्ष थापाले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै भने वडा अध्यक्षको आफ्नो कार्यकाल रहँदा सम्म वडा भित्रका विपन्न परिवारका बालवालिका, दलित, वृद्धवृद्धा, अपाङग लगायतलाई सहयोग गरिरहने बताए ।

May be an image of 5 people

सम्बन्धित समाचारहरू

वडा अध्यक्ष थापाले आफ्नो छोरी निशा थापाको जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत विपन्न १७ जना विद्यार्थीलाई स्टेशनरी, स्कुल ड्रेस, र न्यानो कम्वल सामाग्री सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश ऐडीले बताएका छन् ।

विद्यालयमा पहिलोपटक वडा अध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्य दलबहादुर ऐडी र वडा नम्वर ८ को सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री, र चिसो छल्न न्यानो कम्वल सहयोग गरिएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित पठनपाठनमा सहज हुने प्रधानाध्यापक ऐडीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार