होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जगन्नाथले राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने
Breaking News

जगन्नाथले राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने

  • नागरिक रैबार
जगन्नाथले राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने

नागरिक रैबार/बाजुरा १५ माघ। जिल्लाकाे जगन्नाथ गाउँपालिकाले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने भएकाे छ ।

हिजाे पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् ।

यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड  बुढीनन्दा नगरपालिकाको जनप्रकाश माद्यमिक विद्यालयमा आजबाट संञ्चालन हुदैछ ।

विज्ञापन

प्रतियोगितामा पालिकाबाट सहभागी खेलाडी मध्येबाट एकल बिधा र सामुहिक खेलमा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको जगन्नाथ गाउँपालिकाले जनाएको छ।
यसरी गर्नेछ पालिकाले खेलाडीलाई पुरस्कृत
एकल विधा तर्फ
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ५,०००।
रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ३,०००।
काँश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – २,०००।

सामुहिक विधामा पदक प्राप्त गर्ने खेलाडीको हकमा
भलिवलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ३०,०००।
भलिवलमा रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – २०,०००।
भलिवलमा काँश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – १०,०००।

रिले तर्फ
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – १२,०००।
रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ८,०००।
काँश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ४,०००।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार