होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमकाे उत्कृष्ट ५ मा परे बाजुराकाे जगन्नाथ र बुढीगंगा
Breaking News

सुदूरपश्चिमकाे उत्कृष्ट ५ मा परे बाजुराकाे जगन्नाथ र बुढीगंगा

  • नागरिक रैबार
सुदूरपश्चिमकाे उत्कृष्ट ५ मा परे बाजुराकाे जगन्नाथ र बुढीगंगा

बाजुरा‍‍। स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन (लिजा) मा बाजुराका जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिका पनि उत्कृष्ट ५ पालिका भित्र परेका छन् । सुदूरपश्चिमका ८८ पालिका मध्ये बाजुराका जगन्नाथ र बुढीगंगा परेका हुन् ।

जिल्लाको मूल्याकंनमा पहिलो जगन्नाथ र दोस्रोमा बुढीगंगा नगरपालिका परेका थिए । दुबै पालिकालाई प्रदेश सरकारको मूल्याकंनमा उत्कृष्ट पाँच भित्र राखिएको छ । पाँच मध्येपनि डोटीको आदर्श गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट भएको छ । आदर्श गाउँपालिकाले ९५.५ प्रतिशत अंक दाबी गर्दै प्रदेशकै उत्कृष्ट भएको हो ।

स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले १० बिषयक्षेत्रमा संस्थागत स्व–मुल्याङ्कन गर्नु पर्ने व्यवस्था रहेको छ । यस अनुसार आदर्श गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन र भौतिक पूर्वाधारमा शत प्रतिशत अंक दावी गरेको छ ।

विज्ञापन

यस्तै, समन्वय तथा सहकार्यमा ९१.६७ प्रतिशत, बार्षिक वजेट तथा योजना व्यवस्थापन प्रतिशत, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१, सामाजिक समावेशीकरणमा ९० प्रतिशत र बातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८८.८९ प्रतिशत अंक दावी गरेको छ ।

दोश्रो उत्कृष्ठ डडेल्धुराको भागेश्वर गाउँपालिका भएको छ । यस गाउँपालिकाले ९१ प्रतिशत अंक दाबी गरेको छ । लिजाका १० बिषयक्षेत्रमध्ये आठ वटा क्षेत्रमा शत प्रतिशत अंक दाबी गरेको छ । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण र बातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा शत प्रतिशत अंक दाबी गरिएको छ ।

यस्तै, भागेश्वरले भौतिक पूर्वाधारमा ७६.९२ प्रतिशत अंक दाबी गरेको छ । सहकार्य र समन्वयमा भने यस पालिकाले कुनै अंक दाबी गरेको छैन । तेश्रो उत्कृष्ठमा दार्चुलाको शैल्यशिखर नगरपालिका र बाजुराको जगन्नाथ गाउँपालिका परेका छन् । यि दुवै पालिकाले समान ८९.७५ प्रतिशत अंक दाबी गरेका छन् । शैल्यशिखरले शासकीय प्रवन्ध र न्यायिक कार्य सम्पादनमा शत प्रतिशत अंक दावी गरेको छ ।

यस्तै, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९३.१८ प्रतिशत, सहकार्य र समन्वयमा ९१.६७ प्रतिशत, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१ प्रतिशत र सामाजिक समावेशीक–रणमा ९० प्रतिशत अंक दावी गरेको छ ।

बातावरण तथा बिपद् व्यवस्थापनमा ८८.८९ प्रतिशत, संंगठन तथा प्रशासनमा ८७.५ प्रतिशत, भौतिक पूर्वाधारमा ८४ प्रतिशत र सेवा प्रवाहमा ८१.२५ प्रतिशत अंक दावी गरेको छ ।

जगन्नाथ गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा शत प्रतिशत अंक दाबी गरेको छ । यस्तै, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९५.४५ प्रतिशत, सामाजिक समावेशीकरणमा ९५ प्रतिशत, न्यायिक कार्य सम्पादनमा ९२.८६ प्रतिशत, बार्षिक वजेट तथा योजना

व्यवस्थापनमा ९०.९१ प्रतिशत, भौतिक पूर्वाधारमा ८६.५४ प्रतिशत, सेवा प्रवाहमा ७५ प्रतिशत र सहकार्य तथा समन्वयमा ६६.६७ प्रतिशत अंक दावी गरेको छ ।

प्रदेशभरीमा उत्कृष्ठ चौथोमा बाजुराको बुढीगंगा नगरपालिका परेको छ । यस नगरपालिकाले स्व–मुल्याङ्कनमा ८९ प्रतिशत अंक दाबी गरेको छ । बुढीगंगाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, न्यायिक कार्य सम्पादन, सामाजिक समावेशीकरण र सहकार्य र समन्वयमा शत प्रतिशत अंक दावी गरेको छ ।

वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा ९४.४४ प्रतिशत, बित्तीय एवं आर्थिक व्यवस्थापना ९०.९१ प्रतिशत, सेवा प्रवाहमा ८७.५ प्रतिशत, बार्षिक वजेट तथा योजना व्यवस्थापनमा ७७.२७ प्रतिशत र भौतिक पूर्वाधामा ६१.५४ प्रतिशत अंक दावी गरेको छ ।

उत्कृष्ट पाँचौंमा कैलालीको गौरीगंगा नगरपालिका पर्न सफल भएको छ । यस पालिकाले ८८.५ प्रतिशत अंक दावी गरेको छ । शासकीय प्रवन्धमा ८८.८९, संगठन तथा प्रशासनमा ९०.६३, बार्षिक वजेट तथा योजना व्यवस्थापनमा ९५.४५, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ८६.३६ र सेवा प्रवाहमा ८९.०६ प्रतिशत अंक दाबी गरेको छ ।

यस्तै, न्यायिक कार्य सम्पादनमा ९२.८६, भौतिक पूर्वाधार ९२.३१, सामाजिक समावेशीकरणमा ९०, बातावरण संरक्षण तथा बिपद् व्यवस्थापन मा ७२.२२ र सहकार्य र समन्वयमा ८३.३३ प्रतिशत अंक दावी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायको लिजा पोर्टलबाट प्राप्त बिवरण अनुसार सुदूरपश्चिममा स्व–मुल्याङ्कनमा सवैभन्दा कम अंक कैलालीको मोहन्याल गाउँपालिकाले गरेको छ । यस पालिकाले ३७.७५ प्रतिशत अंक मात्रै दावी गरेको छ ।

शासकीय प्रवन्धमा ६३.८९, संगठन तथा प्रशासनमा ४०.६३, बार्षिक वजेट तथा योजना व्यवस्थापनमा ५०, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ४५.४५, सेवा प्रवाहमा ४२.१९, न्याियक कार्य सम्पादनमा ७.१४, भौतिक पूर्वाधारमा २३.०८, सामाजिक समावेशीकरणमा ४०, बातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा २२.२२ र सहकार्य तथा समन्वयमा १६.६७ प्रतिशत अंक दावी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार