होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु
खेलकुद

बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु

  • नागरिक रैबार
बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु

नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सूरु भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुढीन्नदा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा सूरु भएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना र बुढीनन्दा नगरपालिकाको सह–आयोजनामा उक्त प्रतियोगिता आजबाट सूरु भएको हो ।

विज्ञापन

प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य माननीय बद्रीप्रसाद पाण्डेले समुद्घाटन गरेका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडीहरु सहभागि भएका छन् । प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा सहभागि पालिका विच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा प्रमुख अथिति नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डे रहेका थिए । विशिष्ट अथितिमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र उपप्रमुख लाछु सार्की रहेका थिए ।

त्यस्तै अथितिमा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ९ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । बुढीनन्दा नगरपालिकाका उपप्रमुख राम बहादुर बोहराले स्वागत मन्तव्य राखेको उद्धाटन कार्यक्रमको सञ्चालन महेश कार्कीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार