होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाले नगरको १४ औं नगरसभा माघ २९ गते गर्ने
Breaking News

बडीमालिकाले नगरको १४ औं नगरसभा माघ २९ गते गर्ने

  • नागरिक रैबार
बडीमालिकाले नगरको १४ औं नगरसभा माघ २९ गते गर्ने

नागरिक रैबार/बाजुरा २३ माघ । बाजुराको बडीमालिका नगरपालिकाले १४ औं नगरसभा तथा हिउँदे अधिवेशन यहि माघ २९ गते गर्ने निर्णय गरेको छ । सोमबार नगरपालिकामा बसेको ३३ औं नगरकार्यपालिकाको बैठकबाट सो निर्णय भएको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिए ।

नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले नगरपालिकामा १७ गतेबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका बमबहादुर केशीलाई स्वागत समेत गरेको छ ।

त्यस्तै बैठकले सम्पुरक र विशेष अनुदान, सडक वोर्ड नेपालको योजना छनोट, नगरपालिकाका कर्मचारीको म्याद थप, श्रमिक छनोट, शहरी स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीको दवरन्दी विवरण र विविध सम्वन्धमा निर्णय गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार