होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराकाे सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मृति भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटीको आयोजनामा उक्त भवनको उद्धघाटन गरिएको हो । प्रदेश सरकारको २० लाख लागतमा निर्माण गरिएको एक तले भवनकाे आज नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोग गर्ने गरि उद्घाटन गरिएकाे नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी […]
नागरिक रैबार/ बाजुरा ४ माघ। बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखि बिरामी भएकी जोशीको बुधबार राती मृत्यु भएको हो । मृतक जाेशी २०७९ सालकाे स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिकाकाे उपाध्यक्षमा निर्वाचित भएकी थिईन् ।
नागरिक रैबार/ बाजुरा २ माघ। भुकम्प सुरक्षा दिवस बाजुरामा पनि विबिध कार्यक्रम गरि मनाइएको छ । “स्थानिय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो । मंगलबार जिल्ला सदरमुकाम मार्तडीको खुलामञ्चमा भुकम्प सम्बन्धी डेमो प्रर्दशन गरि भुकम्प दिवस मनाईएको जिल्ला विपद ब्यबस्थापन समितिका […]
बाजुरामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू भएको हो । पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको […]
नागरिक रैबार/बाजुरा २५ पुस। बुढीनन्दा नगरपालिकाको लामो प्रयास पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु भएको छ । गेटा आँखा अस्पताल धनगढी कैलाली र बुढीनन्दा नगर पालिकाको सहकार्यमा आज बाट आँखा उपचार केन्द्र सुचारु भएको हो। यसबाट बुढीनन्दा नगरपालिका लगायत छिमेकी पालिका हिमाली,जगन्नाथ ,स्वामिकार्तिक सङै छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका जनताले समेत सेवा […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ १५ गते देखि १८ गते सम्म संचालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा हुने उक्त प्रतियोगिता यस वर्ष बुढीनन्दा नगरपालिकाको कोल्टीमा हुने भएको हो । जिल्ला खेलकद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाका अनुसार यस वर्षको प्रतियोगितामा […]
नागरिक रैबार/ बाजुरा २३ पुस।जिल्ला अस्पताल बाजुराले फिजियो थेरापी सेवा बिस्तार गरेकाे छ । याे सेवा विस्तारसँगै अब नसा, ढाड, खुट्टाका समस्या भएका बिरामीलाई सहज हुने भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले फिजियोथेरापी कक्षकाे रिवन काटेर उद्धाटन गरेका हुन् । दुर्गम जिल्लामा विविध समस्याकाबिच पनि गुणस्तरिय […]
नागरिक रैबार/।बाजुरा २२ पुस। बाजुराकाे बुढीगंगा नगरपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि भानाेदय माध्यामिक विद्यालयले जितेकाे छ । प्रतियोगितामा सहभागि अन्य प्रतिष्पर्दी विद्यालयलाई पछाडी पार्दै वडा नम्वर ५ मा रहेकाे भानाेद माविले शिल्ड जितेकाे हो । भानाेदय माविले स्वर्ण १६, रजत ५ र कास्य ६ सहित प्रतियोगिताकाे शिल्ड जितेकाे हाे । त्यस्तै त्रिशक्ति […]
राजेन्द्र विक बाजुरा,२१पुष/नागरिक रैबार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी केन्द्र बाजुराले जिल्ला बाट प्रतिनिधित्व हुने गरि जनयुद्धको घाइते तथा अपांङ्ग योद्धा संजय कटेल लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सदस्य समेत रहेका कटेललाई जिल्ला समन्वय समितिको बैठकले सर्वसम्म्त सिफारिस गरेको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सचिवालय […]
नागरिक रैबार/बाजुरा २० पुस ।बाजुराकाे बुढीगंगा नगरपालिकामा आजबाट चाैथाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ यस वर्षकाे नगरस्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियाेगिताकाे एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुराका सचिव भरत थापाले उद्घाटन गरेका छन् । […]
सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यो आदेश गरेको हो। २०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले […]
नागरिक रैबार/बाजुरा १८ पुस । गौमुल गाउँपालिकाको केन्द्र घटमुना बजारमा तरकारी संकलन तथा विक्रि केन्द्रको स्थापना गरिएको छ । पालिका भित्रका कृषकहरुले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा समस्या नहोस भन्ने उद्देश्यले घटमुना बजारमा तरकारी संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । तरकारी संकलन तथा विक्री केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच गौमुल गाउँपालिका उपाध्यक्ष सीता […]
नागरिक रैबार/बाजुरा १८ पुस।बाजुराको हिमाली गाउँपालिका युनाकी अन्दाजि ३५ वर्षिया गर्भवति महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ लिएको छ । गत पुस १० गते राति गर्भंवति महिलाका श्रीमान नभएको मौका छोपी बलत्कार गरेको आरोपमा सोही वडाका जंगसिंह बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किसोरसिंह ऐरीले बताएका छन् ।प्रहरीका अनुसार गर्भवति […]
राजेन्द्र बहादुर रोकाया । चुलो चौकोमा मात्रै सिमित महिला सामाजिक कार्यत्रमा शक्रिय देखिएका छन् । समाजमा हुने प्राय काममा महिलाको शक्रियता लोभलाग्दो देखिन्छ । समाजका सार्वजनिक कार्यमा पुरुष भन्दा बढी महिलाको सहभागिता देखिन्छ । गाउँघरका गोरेटो, बाटो, खानेपानीका धारा लगायत निमार्ण कार्यमा गाउँका महिला शक्रिय भएका हुन् । जिल्लको बुढीनन्दा नगरपालिका संगको सहकार्यमा सहकर्मी समाज […]
बाजुराको हिमाली गाउँपालिकाको विकट गुम्बा गाउँमा गाउँपालिकाले आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उदेश्य सहीत सेवा केन्द्र सञ्चालन गरेको हो । स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि चार देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य सेवा लिनु पर्ने बाध्यता थियो […]
बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत लाईन निर्माण कार्य भईरहेकाले पौष १८ र १९ गते विद्युत सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाईन निर्माण कार्य भईरहेकोले दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ […]
नागरिक रैबार/बाजुरा १५ पुस। जिल्ला अस्पताल बाजुराले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै चौथो र पाँचौ तहका करारमा कर्मचारी माग गरेको हो । जिल्ला अस्पतालले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न पदका ९ जना स्वास्थ्यकर्मीकाे माग गरेकाे जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराकाे जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ । प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो । प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात […]
नागरिक रैबार/बाजुरा १३ पुस। बाजुराको बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा २ वटा ग्रामिण सडकलाई कालाेपत्रे गर्ने भएकाे छ । जिल्लाका अन्य स्थानीय तहहरूले ग्रामिण सडक कालोपत्रे गर्न नसकेको अवस्थामा बुढीगंगाले भने आफ्नै स्रोतबाट पहिलाे चरणमा २ वटा सडक कालोपत्रे गर्ने गरि काम अगाडि बढाएकाे छ । बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले आज एक औपचरिक कार्यक्रमका विच […]