होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जनयुद्धमा खुट्टा गुमाएका कटेल राष्ट्रिय सभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस
देश/प्रदेश

जनयुद्धमा खुट्टा गुमाएका कटेल राष्ट्रिय सभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस

  • नागरिक रैबार
जनयुद्धमा खुट्टा गुमाएका कटेल राष्ट्रिय सभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस

राजेन्द्र विक बाजुरा,२१पुष/नागरिक रैबार
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी केन्द्र बाजुराले जिल्ला बाट प्रतिनिधित्व हुने गरि जनयुद्धको घाइते तथा अपांङ्ग योद्धा संजय कटेल लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सदस्य समेत रहेका कटेललाई जिल्ला समन्वय समितिको बैठकले सर्वसम्म्त सिफारिस गरेको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सचिवालय सदस्य महेश शाहिले बताए।
जनयुद्धमा नाै वटा युद्ध माेर्चा लड्नु भएका कटेलले २०६१ चैत्र २५ गते रुकुम खाराको भिडन्तमा दाईने खुट्टा घुडा भन्दा माथि पुरै गुमाएका छन्।तत्कालिन जनमुक्ति सेना काे कम्पनी कमान्डर रहि सकेका कटेलका हाल सम्म समेत दाइने कन्चट र खुट्टामा गाेलिका छर्रा बांकी रहेका छन्।
खुट्टा गुमाए देखि हाल सम्म उपचारकै प्रक्रियामा रहेका संजय कटेल समग्र जिल्ला पार्टि नेतृत्वले आफुलाइ भरोसा गरि राष्ट्रिय सभामा एकल रुपमा प्रतिनिधित्व हुनेगरी उम्मेदवारी सिफारिस गरेपछी यतिखेर केन्द्र पार्टिले पनि न्याय गर्ने आशामा रहेका देखिन्छन्।
कठिन जिबनयापन गरिरहंदा पनि पार्टी र संगठनका लागि दिनरात खटिरहने कटेल प्रती समग्र सुदुरपश्चिमका माओवादी नेता तथा कार्यकर्ता समेत राष्ट्रिय सभामा लिन सकारात्मक मात्र रहेका छैनन् नेतृत्वलाई दबाब समेत दिइरहेका बुझिएको छ।
कलस्टर स्तरको भगबन्डा मिलेछ भने समाबेशी अपांग तथा पिछडिएको क्षेत्र बाट करिब संजय कटेललाइ रोक्न सक्ने स्थिती कसैको छैन यसो हुंदा कटेलको राष्ट्रिय सभाको यात्रा लगभग सुनिश्चित हुने माओवादी स्रोतले जनाएको छ।
माओवादी सुदुरपश्चिममा कटेल बौद्धिक एवम् क्षमतावान स्तरका नेताहरु भित्र पर्दछन् । माओवादी केन्द्र बाजुरा बाट लामो समयदेखि संघ र प्रदेशका कुनै पनि सभामा प्रतिनिधित्व नरहेका कारणले पनि सुदुरपश्चिम बाट कटेलको नाममा सहमती हुने माओवादी वृतमा चर्चा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि