होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगामा चाैथाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि भानाेदय माविलाई
Breaking News

बुढीगंगामा चाैथाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि भानाेदय माविलाई

  • नागरिक रैबार
बुढीगंगामा चाैथाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि भानाेदय माविलाई

नागरिक रैबार/।बाजुरा २२ पुस। बाजुराकाे बुढीगंगा नगरपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि भानाेदय माध्यामिक विद्यालयले जितेकाे छ ।

प्रतियोगितामा सहभागि अन्य प्रतिष्पर्दी विद्यालयलाई पछाडी पार्दै वडा नम्वर ५ मा रहेकाे भानाेद माविले शिल्ड जितेकाे हो ।

भानाेदय माविले स्वर्ण १६, रजत ५ र कास्य ६ सहित प्रतियोगिताकाे शिल्ड जितेकाे हाे । त्यस्तै त्रिशक्ति मावि स्वर्ण ७, रजत ४ कास्य १ सहित दाेस्राे र पशुपति मावि स्वर्ण ३, रजत ६ र ५ कास्यसहित तेस्राे भएकाे हाे ।

विज्ञापन

पुस २० गतेबाट सूरू भएकाे उक्त प्रतियोगिता आज एक कार्यक्रमका विच प्रतियाेगितामा विजेता बनेका विद्यालय र खेलाडीहरूलाई ट्रफि मेडल र प्रमाण पत्र वितरण गर्दै सम्पन्न गरिएकाे नगरप्रवक्ता हेमराज जैशीले बताएका छन् ।

उनका अनुसार प्रतियाेगितामा पालिका भित्रका ८ वटा विद्यालय सहभागी भएका थिए । समापन कार्यक्रममा यो आर्थिक वर्षमा अवकास हुने र भएका ११ जना शिक्षक लाई सम्मान पत्र वितरण गरिएको छ ।

नगर प्रमुख रामबहादुर बानीयाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि एमाले बाजुरा सचिव भरत थापा रहेका थिए । कार्यक्रममा उपप्रमुख माया खड्का नगर प्रवक्ता हेमराज जैशी लगायत सहभागी रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार