होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाका महिलाहरु सामाजिक काममा सक्रिय बन्दै
समाचार

बुढीनन्दाका महिलाहरु सामाजिक काममा सक्रिय बन्दै

  • नागरिक रैबार
बुढीनन्दाका महिलाहरु सामाजिक काममा सक्रिय बन्दै

राजेन्द्र बहादुर रोकाया । चुलो चौकोमा मात्रै सिमित महिला सामाजिक कार्यत्रमा शक्रिय देखिएका छन् । समाजमा हुने प्राय काममा महिलाको शक्रियता लोभलाग्दो देखिन्छ ।

समाजका सार्वजनिक कार्यमा पुरुष भन्दा बढी महिलाको सहभागिता देखिन्छ । गाउँघरका गोरेटो, बाटो, खानेपानीका धारा लगायत निमार्ण कार्यमा गाउँका महिला शक्रिय भएका हुन् ।

जिल्लको बुढीनन्दा नगरपालिका संगको सहकार्यमा सहकर्मी समाज नेपालले नगरका दश वटै वडामा टोल बिकासका कार्यक्रम संचालन गर्दै आईरहेको छ । अहिले गाउँ मा चर्पी,जुठ्यान,बाटोघाटो सरसफाइ ,धारा सरसफाइमा नियमित रुपमा लागिरहेको टोल बिकास समितिका महिलाहरुले बताउने गरेका छन् । प्राय टोल बिकास समितिमा महिला नै अध्यक्ष भएर काम गरीरहेका छन् ।

विज्ञापन

नगरपालिकाका दस वटै वडामा छ/छ वटा टोल बिकास समिति गठन गरेर आफ्नो टोल आफै बनाउने उदेश्य बोकेर टोल बिकासमा जुटेका हुन् । टोल समाज लाई कसरी सुधार गर्ने र टोल ब्यबस्थापनका क्षेत्रमा काम गर्दै आएको सहकर्मी समाज नेपालका बुढीनन्दा नगर पालिकाका संयोजक डम्बर भन्डारीको भनाई छ ।

नगरपालिकाका महिलालाई शक्रिय भएर काम गरेकोमा नगर प्रमुख जनक कुमार बोहराले समेत धन्यवाद दिनुभएको छ । संस्थाले गर्दा सानातिना समस्यमा सरकारको मुख ताक्ने बानीलाई कम गरेको र समाजमा मिलिजुली आफ्ना सानातिना समस्या समाधान गर्नमा सहग गरेको बताउनुभयो ।

अहिले नगरमा गरेका कामको सहकर्मी समाजको टोल बिकास सस्था सबलिकरण अन्तरक्रिया कार्यक्रममा संस्था जुटीरहेको छ । सहकर्मी सामाज नेपाल र बुढीनन्दा नगरपालिकाको साझेदारीमा संचालित टोल बिकास सस्था सबलिकरण कार्यक्रम मंगलबार बुढीनन्दा नगर पालिका वडा नम्बर ८ र १० मा कार्यक्रम सम्पन्न भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार