होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बुढीगंगाले आफ्नै लगानीमा २ वटा ग्रामिण सडक कालाेपत्रे गर्दै
राजनीति

बुढीगंगाले आफ्नै लगानीमा २ वटा ग्रामिण सडक कालाेपत्रे गर्दै

  • नागरिक रैबार
बुढीगंगाले आफ्नै लगानीमा २ वटा ग्रामिण सडक कालाेपत्रे गर्दै

नागरिक रैबार/बाजुरा १३ पुस। बाजुराको बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा २ वटा ग्रामिण सडकलाई कालाेपत्रे गर्ने भएकाे छ ।
जिल्लाका अन्य स्थानीय तहहरूले ग्रामिण सडक कालोपत्रे गर्न नसकेको अवस्थामा बुढीगंगाले भने आफ्नै स्रोतबाट पहिलाे चरणमा २ वटा सडक कालोपत्रे गर्ने गरि काम अगाडि बढाएकाे छ ।
बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले आज एक औपचरिक कार्यक्रमका विच वडा नम्वर ६ काे बेतालमाण्डौ देखि त्रिशक्ति मावि हुदै जुवापानि जाने सडक र  वडा नम्वर २ काे ताँप्रिशेरा देखि वडा कार्यालय हुँदै नडाङसम्म जाने सडक पिच गर्ने गरि शिलान्यास गरेका छन्।

वटै ठाउँमा जाने पक्कि सडक निर्माणकाे जिम्मा बङ्लामुखि जेवि निर्माण सेवाले लिएकाे छ । दुवै सडक पिच गर्नका लागि बुढीगंगाले २० कराेड रकम खर्च गर्ने भएकाे छ ।

 वर्षभित्र २ वटै ग्रामिण सडक करिव ५/५ किलोमिटर  पक्की बनाउने गरि काम अगाडि बढाईएकाे नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
नगरप्रमुख बानियाँले निर्वाचनपश्चात् साविकका बाह्रविस, कुल्देवमाण्डाै र बह्रमताेला गाविसका  केन्द्रसम्म पुग्ने गरि पक्की सडक निर्माण गर्ने  निर्णय गरेका थिए । साेही अनुसार पहिलाे चरणमा साविककाे बाह्रविस र बह्रमताेला गाविस जाेड्ने सडक पिच गर्न लागिएकाे नगरपालिकाले जनाएको छ ।

विज्ञापन

त्यस्तै साविककाे कुल्देवमाण्डाै गाविस हालकाे नगरपालिकाकाे कार्यालय सम्म जाने सडक आरसिसि गर्नका लागि ठेक्का प्रकृया भईसकेकाे नगरप्रमुख बानियाँले बताएका छन् ।

उनका अनुसार पहिलाे चरणमा साविकका गाविससम्म पक्की सडक निर्माण गर्ने र अवकाे ३ वर्षभित्र नगरका १० वटै वडा कार्यालय सम्म पक्की सडक निर्माण गर्ने लक्ष्य रहेकाे छ ।

सिलान्यास कार्यक्रममा नगरप्रमुख रामबहादुर बानिया उपप्रमुख माया खड्का, वडा  अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथ प्राविधिक प्रमुख उपेन्द्र साउद नगरपालिका रोजगार प्रमुख गोविन्द थापा स्थानिय लगाएको पस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार