होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुराले गर्याे फिजियाेथेरापी सेवा विस्तार
बाजुरा बिशेष

जिल्ला अस्पताल बाजुराले गर्याे फिजियाेथेरापी सेवा विस्तार

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुराले गर्याे फिजियाेथेरापी सेवा विस्तार

नागरिक रैबार/ बाजुरा २३ पुस।जिल्ला अस्पताल बाजुराले फिजियो थेरापी सेवा बिस्तार गरेकाे छ । याे सेवा विस्तारसँगै अब नसा, ढाड, खुट्टाका समस्या भएका बिरामीलाई सहज हुने भएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले फिजियोथेरापी कक्षकाे रिवन काटेर उद्धाटन गरेका हुन् ।

दुर्गम जिल्लामा विविध समस्याकाबिच पनि गुणस्तरिय तथा भरपर्दो सेवा दिदै आएको जिल्ला अस्पताल बाजुरामा फिजियोथेरापी सेवा सुरु भएसंगै महंगो शुल्क तिरेर जिल्लाबाट धनगढी लगायत बाहिर गएर उपचार गर्नुपर्ने बाध्यता हटेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

विज्ञापन

अस्पतालमा दैनिक फिजियोथेरापी सम्बन्धी बिरामी आउने, सबैले माग गरिरहेकोले लामो पहलपछि एचआरसी बाजुरा र हृन्डीक्रस इन्टरनेसनल फेडेरेशन नेपालको आर्थिक सहयोगमा अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको हाे ।

फिजियाेथेरापी सेवाका लागि एचआरसी बाजुराद्धारा सञ्चालित एई परियोजनाले अस्पतालसंग ३ वर्षका लागि डाक्टरकाे व्यवस्थापन गर्ने गरि सम्झाैता गरेकाे छ ।

अस्ढापतालमा ढाड, कम्मर, गर्दन दुख्ने समस्या,हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछि जाम तथा विकृत हुने लगायतका समस्या भएका बिरामीहरुका लागि फिजियोथेरापी सेवामार्फत उपचार हुने जिल्ला अस्पतालका कार्यालय प्रमुख समिता पुनले बताएकी छन् ।

जिल्लाबासीलाई लक्षित गरी अस्पतालले फिजियो थेरापी सेवा बिस्तार गरेपछि नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीहरुले सेवा पाउने  अस्पतालका फिजियो थेरापी डाक्टर मदन साउँदले बताएका छन् ।

बाजुरा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सञ्चालन व्यवस्थापनका लागि जिल्लाका हरेक पालिकाले आर्थिक स्रोत बाहिर नदिएर बाजुरा अस्पतालमा लगानी गर्नुपर्ने कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

जिल्ला अस्पतालमा पहिलो पटक नविन सेवा फिजियोथेरापी सुरु हुनु निकै गर्भको कुरा भएको र यस सेवालाई निरन्तर सुचारु गर्न सबै सरोकारवालाहरुसंगै बाजुराका स्थानिय तहरुले बिशेष सहयोग तथा सहकार्यका साथ लाग्नुपर्ने उद्धाटन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन ।

बाजुरा अस्पताल बाजुराका सबै नागरिकले सेवा लिने अस्पताल हो भन्ने सोचका साथ जिल्लाका स्थानिय तहरुले आर्थिक सहयोग गर्न सकेमा अस्पतालले सबै सेवा निशुल्क गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले बताएका छन् ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा गरिएकाे फिजियोथेरापी सेवा सञ्चालन उद्धाटन कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोेकाया रहेका थिए ।

बिशिष्ट अथितिमा बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा, अथितिमा सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेना, अस्पताल प्रमुख समिता पुन, एचआरसी बाजुराका अध्यक्ष निर शाही, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका सूचना अधिकारी नृपराज गिरीले गरेका थिए ।

जिल्ला अस्पताल बाजुराले अहिले विभिन्न विरामीकाे उपचारका लागि क्रमसः  सेवाहरू विस्तार गर्दै गएपछि अस्पतालमा दैनिक जसो बिरामीको चाप बढ्दै गएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार