होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड माघ १५ गतेदेखि काेल्टीमा हुने
Breaking News

जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड माघ १५ गतेदेखि काेल्टीमा हुने

  • नागरिक रैबार
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड माघ १५ गतेदेखि काेल्टीमा हुने

नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ १५ गते देखि १८ गते सम्म संचालन हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा हुने उक्त प्रतियोगिता यस वर्ष बुढीनन्दा नगरपालिकाको कोल्टीमा हुने भएको हो ।

जिल्ला खेलकद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाका अनुसार यस वर्षको प्रतियोगितामा सहभागि हुने जिल्लाका ९ वटै स्थानीय तहलाई प्रतियोगिता आयोजना हुने बारे जानकारी गराईसकेको छ ।

विज्ञापन

अघिल्लो वर्षको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदह गाउँपालिकाको आर्टिचौरमा गरिएको थियो । प्रतियोगितामा स्वामीकार्तिक खापर गाउँपालिका बाहेक अन्य ८ वटा स्थानीय तह सहभागि भएका थिए ।

यस वर्ष हुने प्रतियोगिताका लागि ९ वटै स्थानीय तहले यस अघि नै पालिका स्तरमा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार