होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुलको घटमुना बजारमा तरकारी संकलन केन्द्र स्थापना
बाजुरा बिशेष

गौमुलको घटमुना बजारमा तरकारी संकलन केन्द्र स्थापना

  • नागरिक रैबार
गौमुलको घटमुना बजारमा तरकारी संकलन केन्द्र स्थापना

नागरिक रैबार/बाजुरा १८ पुस । गौमुल गाउँपालिकाको केन्द्र घटमुना बजारमा तरकारी संकलन तथा विक्रि केन्द्रको स्थापना गरिएको छ ।

पालिका भित्रका कृषकहरुले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा समस्या नहोस भन्ने उद्देश्यले घटमुना बजारमा तरकारी संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

तरकारी संकलन तथा विक्री केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले उद्घाटन गरेकी छन् ।

विज्ञापन

गौमुल गाउँपालिकाको समन्वय तथा आईएनएफ नेपालको २ लाख र एच आरसी बाजुराको ४७ हजार गरी २ लाख ४७ हजारको लागतमा तरकारी संकलन तथा विक्री केन्द्रको स्थापना गरिएको हो ।

सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तरकारी संकलन तथा विक्री केन्द्र निर्माण गरेर दैनिक संकलन तथा विक्री गर्ने गरी जिम्मेवारी लिएको अध्यक्ष श्याम बहादुर रोकायाले बताएका छन् । तरकारीको मुल्य निर्धारण गरेर सहकारी मार्फत नियमित रुपमा बजारमा तरकारी पठाउने  अध्यक्ष रोकायाको भनाई रहेको छ ।

थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकोमा संकलन केन्द्र मार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने कृषक तिलक विकले बताएका छन ।

यस अघि तरकारी संकलन केन्द्र नहुँदा कृषहरुले उत्पादन गरेको तरकारी विक्रि मा समस्या हुँदै आएको थियो । गाउँपालिकाको केन्द्र घटमुनामा तरकारी संकलन तथा विक्रि केन्द्र स्थापना गरिएसँगै अवदेखि कृषकहरुलाई सहज हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार