होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा गर्भवति महिलालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ
Breaking News

बाजुरामा गर्भवति महिलालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

  • नागरिक रैबार
बाजुरामा गर्भवति महिलालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

नागरिक रैबार/बाजुरा १८ पुस।बाजुराको हिमाली गाउँपालिका युनाकी अन्दाजि ३५ वर्षिया गर्भवति महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ लिएको छ ।

गत पुस १० गते राति गर्भंवति महिलाका श्रीमान नभएको मौका छोपी बलत्कार गरेको आरोपमा सोही वडाका जंगसिंह बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किसोरसिंह ऐरीले बताएका छन् ।प्रहरीका अनुसार गर्भवति महिलाका पीडित पक्षले दिएको जाहेरीका आधारमा बुढालाई पक्राउ गरिएको हो ।

त्यस्तै घटनामा गर्भवति महिलाले आफुमाथि जवरजस्ती करणीको आरोपसहितको मुद्धा दर्ता गरेपछि जंगसिंह बुढाका पक्षले पनि उनका विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएको छ ।

विज्ञापन

जंगसिंह बुढाका पक्षले गर्भवति महिलाका श्रीमान लगायतलाई ज्यानमार्ने उद्योगमा मुद्धा दिएपछि प्रहरीले गर्भवति महिलाका श्रीमान रुपचन्द्र सुनार र उनका देवर नाता पर्ने अम्मर सुनारलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएका छ ।

गर्भवति महिलाले आफु माथि जवरजस्ती करण गरेको भन्दै पुस १३ गते जिल्ला प्रहरी कार्याल्य बाजुरामा मुद्धा दर्ता गराएकी थिईन् भने पीडक पक्षले गर्भवति महिलाका परिवारका विरुद्ध ज्यान मार्ने उद्योगमा पुस १५ गते मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार