होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ माघ।नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराको अध्यक्षमा गगन रावल र सचिवमा रमेश विकलाई जिम्मेवारी दिईएको छ । नेकपा बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) ले कोल्टीमा आयोजना गरेको बृहत जनसभामा कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य डाक्टर भिम रावलले नेकपा बाजुराको अध्यक्षमा रावल र सचिवमा रमेश विकलाई जिम्मेवारी दिने घोषणा गर्नुभएको छ । […]
नागरिक रैबार बाजुरा १३ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा हुने विरोध सभालाई सम्बोधन गर्न नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भिम रावल कोल्टीमा पुगेका छन् । विरोध सभालाई सम्बोधन गर्न नेकपा सुदूपश्चिम प्रदेशका ईन्चार्ज समेत रहेका डाक्टर रावल सहित केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक लगायतका […]
नागरिक रैबार बाजुरा १३ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा विरोध प्रर्दशन सूरु भएको छ । गत पुस ५ गतेको प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरुद्धमा आयोजना गरिएको विरोध प्रर्दशन कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र (क) का ४ वटै स्थानीय तहका नेता तथा कार्यक्रर्ताहरु सहभागि भएका छन् । विरोध सभालाई नेपाल […]
नागरिक रैबार बाजुरा १२ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्ररचण्ड- नेपाल समूह बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुन लागेको विशाल जनसभालाई लक्षित गरेर कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । केपि ओलीको असंबैधानिक कदमका विरुद्ध कोल्टी क्षेत्रमा पहिलोपटक हुन लागेको नेकपा प्रचण्ड–नेपाल समूहको विशाल जनसभालाई मध्येनजर गरी कोल्टी क्षेत्रमा सुरक्षा निकायका […]
नागरिक रैबार/बाजुरा १२ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुने विशाल जनसभाको तयारी पुरा भएको छ । कोल्टीमा हुने विशाल जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको नेकपा बाजुराका नेता पुरबहादुर रावतले बताएका छन् । भोली हुने विशाल जनसभामा १० हजार बढी नेता तथा कार्यक्रर्ताहरु सहभागि हुने नेकपा बाजुराका आन्दोलन […]
बाजुरा — बाजुरा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार बिहाना ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुदा ६ जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । गाडी सडकमै पल्टेकाेले धेरै क्षेती नभएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले […]
नागरिक रैबार/ बाजुरा ११ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न गरिएको छ । नगर कमिटिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा बडीमालिका नगर कमिटीमा प्रचण्ड-माधवको पक्षमा ५४ जना देखिएका छन् । मार्तडीमा शनिबार सम्पन्न भएको नगरको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड-माधवको […]
नागरिक रैबार/बाजुरा ९ माघ। मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था गौमुल गाउँपालिका १ अम्लिसद्धारा संचालित गौमुल कोशेली घरको मार्तडीमा उद्धघाटन् गरिएको छ । कोशेली घरको शुक्रबार एक औपचारिक कार्यक्रमका विच निवर्तमान सांसद लालबहादुर थापाले रिवन काटेर उद्धाटन् गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा गौमुल गाउँपालिका कृषि विकास शाखाको प्रर्वद्धनमा उक्त कोशेली घर मार्तडीमा संचालनमा […]
चक्र बहादुर अएडी । जिल्लाकै पहिलो धनराशिको महिला तथा पुरुष खुला भलिभव प्रतियोगिता आज बाट त्रिवेणी नगरपालिकामा सुरु भएको छ । विहिवार बाट एक औपचारिक कार्यक्रमका विच त्रिवेणि नगरपालिका वडा नम्वर ७ दम्थामा पानसमा दिप प्रज्वलन उद्धघाटन गरिएको छ । उद्धघाट त्रिवेणी नगरपालिका नगर प्रमुख एवम नेपाली काँग्रेशका बरिष्ठ नेता रामसिंह रावलले उद्धघाटन गर्नु भएको […]
नागरिक रैबार/बाजुरा ८ माघ। बडीमालिका नगरपालिका ४ स्थित तिपाडा नजिकै बिहिबार विहान ट्याक्टर पल्टिएकाे छ । सांफेबगरबाट डिजेल पेट्राेल बाेकेर सदरमुकाम मार्तडी अाउँदै गरेकाे से १ त ८३८६ नम्बरको ट्याक्टर बिहिवार विहान तिपाडा बजार नजिकै पल्टिएकाे स्थानीय नरेन्द्र नाथले बताएका छन् । पल्टिएको ट्याक्टर कसकाे हाे भन्ने कुरा थाहा नभएकाे नाथकाे भनाई छ ।
नागरिक रैबार/ बाजुुुुरा ७ माघ। गौमुल गाउँपालिकाले ओखर र स्याउको क्षेत्र विस्तार गरेकाे छ । आर्थिक बर्ष २०७५/०७६ सालमा गौमुल गाउँपालिकाको वडा नं. १ अन्द्राडीमा परिक्षणका लागि लगाईएको एक बर्षिय हाईडेन्सिटि स्याउ सफलता पुर्वक फलेपछि फलफूलको क्षेत्र विस्तार गर्न लागेको हो । गाउँपालिका समुन्द्रि सतहबाट १३०० मि. देखि करिब ३५०० मि. सम्म फलफुलका लागि खेतियोग्य […]
नागरिक रैबार/बाजुरा ७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका ६ सुदाडाका लालबहादुर सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन् । घर नजिकै रहेको भैसी गोठमा लुकाएर राखेका तीन वटा घरेलु हतियार सहित सेजुवालाई मंगलबार […]
नागरिक रैबार/बाजुरा ६ माघ। साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिनापछि सदरमुकाम मार्तडीमा आज ३ वटा बस पुगेका छन् । साँफे-मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि आज मार्तडीमा ३ वटा बस पुगेका हुन् । […]
नागरिक रैबार/बाजुरा ६ माघ। नेपाल प्रेस युनियन बाजुरा शाखालाई नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बार्तामा आउन आग्रह गरेको छ । मंगलबार एक पत्र पठाउँदै पत्रकार महासंघ बाजुराले प्रेस युनियन बाजुरालाई बार्तामा आउन आग्रह गरेको हो । युनियनले यस अघि पौष १८ गते तीन बुँदे मागदावी सहित पत्रकार महासंघ बाजुरा शाखामा सुनियोजित तवरबाट ताला बन्दी गरेको […]
नागरिक रैबार/बाजुरा ५ माघ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको सातौं सचिवालय बैठक बसेको छ । नेकपा प्रचण्ड-माधव समूहको बडीमालिका नगर सचिवालयको आज होटल डिआर मष्टमा बसेको सातौंं बैठकले नगर कमिटीका अध्यक्ष विरबहादुर रावललाई कारवाही गर्ने तयारी गर्दै आजको सचिवालय बैठक सकेको हो । नगर कमिटीका अध्यक्ष रावलले बडीमालिका नगरपालिकामा पार्टीका नाममा अराजकता शैलि […]
नागरिक रैबार/बाजुरा ५ माघ। जिल्लाको त्रिवेणी नगरपालिका ८ पन्तालिबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका १५ वर्षिया चिरन साउँद र १७ वर्षिया सोविन साउँद रहेका छन् । उनीहरु दुवै जनाले वडा नं. ८ पन्तालीमा रहेको विपी आधारभुत विद्यालयका कम्प्युटर र सोही ठाउँका स्थानीयको पसलमा जुता, चप्पल, कपडा र रिचार्ज चोरी […]
नागरिक रैबार/बाजुरा ५ माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंहलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आईतबार साँझ पत्रकार सिंहले सामाजिक संजाल मार्फत आफुलाई कोरोना पुष्टि भएको बताएका छन् । तिन दिन देखिको ज्वरो, टाउको दुखाई र खोकि ठीक नभएपछि प्रादेशिक प्रयोगशाला धनगढीमा चेक गर्दा कोरोना पोजिटिभ देखिएको बताएका छन् । […]
बाजुरा। नेपाल महिला संघकी केन्द्रिय सदस्य एवम् महासमिती सदस्य जुना दानीले राष्ट्रपती विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली गुटको मतियार बनेको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभाको असवैधानिक सँसद् विघटनको विरुद्धमा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा आयोजित विरोध सभामा बोल्दै नेतृ दानीले यस्तो बताउनु भएको हो । उहाँले देशको राष्ट्रपती त बन्न सक्नु भएन तर […]
बाजुरा ३ माघ । नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा सरकारको असंबैधानिक कदमका विरुद्ध एकै साथ प्रदर्शन गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]