होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिदै
समाचार

कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिदै

  • नागरिक रैबार
कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिदै

नागरिक रैबार
बाजुरा १२ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्ररचण्ड- नेपाल समूह बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुन लागेको विशाल जनसभालाई लक्षित गरेर कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
केपि ओलीको असंबैधानिक कदमका विरुद्ध कोल्टी क्षेत्रमा पहिलोपटक हुन लागेको नेकपा प्रचण्ड–नेपाल समूहको विशाल जनसभालाई मध्येनजर गरी कोल्टी क्षेत्रमा सुरक्षा निकायका ३ वटा संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ ।
भोली हुने प्रचण्ड–नेपाल समूहको विशाल जनसभामा अप्रिय घटना हुन नदिन आजैबाट नेपाल प्रहरी, शसत्र प्रहरी र अनुसन्धान गरी करिव १ सय बढी सुरक्षा निकायलाई परिचालन गरिएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरिक्षक देवेन्द्र राज जोशीले जानकारी दिनु भयो ।
प्रहरी निरिक्षक जोशी र बलेन्द्र नाथको कमाण्डमा सुरक्षा निकायको गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ । साथै आजै साँझबाट होटल व्यवसायलाई मदिरा बेचविखन तथा ओसार पसार, विक्रि वितरणमा रोक लगाएको प्रहरीको भनाई छ ।
त्यस्तै भोली कोल्टी मार्तडीसडकमा संचालन हुने गाडीहरु पार्कीगंका लागि वडा नं. १ को जन्साल र वडा नं. २ को कोल्टी चौरलाई प्रयोग गरिने भएको छ । सडकमा एम्वुलेन्सबाहेक अन्य कुनैपनि सवारी साधान चलाउन नपाईने ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार