होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
राजनीति

बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन

  • नागरिक रैबार
बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
Image may contain: 1 person, sunglasses, outdoor and closeup
रामबहादुर विक

बाजुरा ३ माघ । नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा सरकारको असंबैधानिक कदमका विरुद्ध एकै साथ प्रदर्शन गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गरेको हो ।

सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै जिल्लाका अन्य पालीकामा पनि नगर तथा गाउँपालिका स्तरीय नेपाली काँग्रस कार्यसमितिहरुको आयोजनामा विरोध कार्यक्रम गरिएका छन् ।

No description available.

विज्ञापन

सदरमुकाम मार्तडीमा आयोजना गरिएको विरोध कार्यक्रममा र्याली पश्चात आयोजित कोण सभालाई महासमिति सदस्य जुना दानी, नगर प्रमुख पदम बडुवाल, नगर-उपप्रमुख कविता विष्ट, बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, नेपाल महिला संघ अध्यक्ष अमृता सिंह, नेविसंघ पुर्व अध्यक्ष सुरेन्द्र सिंह, नेपाल दलित सघका केन्द्रिय सदस्य विरबहादुर विक लगायतले सम्बोधन गरेका छन् ।

No description available.

विरोध सभालाई सम्बोधन गर्ने सवै जनाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम प्रति खेद प्रकट गर्नुका साथै संसद् विघटन गर्ने ओलीको असंवैधानिक र अलोकतान्त्रिक कमद विरुद्धको आन्दोलन जारी रहेने बताएका थिए ।

नेपाली काँग्रेस बाजुराका अनुसार नेपाली काँग्रेसले बाजुराका ९ वटै स्थानीय तहमा विरोधको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताएको छ । विरोध कार्यक्रमलाई स्थानीय तहमा उपलब्ध नेताहरुले सम्बोधन गरेको बडीमालिका ८ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश रावलले बताएका छन् ।

बिरोध जुलुससहित जिल्लाका ९ वटै स्थानीय तहमा एकै साथ शुरु भएका विरोध कार्यक्रमहरु सम्वन्धित स्थानीय तहका केन्द्रमा कोण सभामा परिणत भएर समापन गरिएको नेपाली काँग्रेसले जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार