होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ माघ। जिल्लाको त्रिवेणी नगरपालिका ८ पन्तालिबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका १५ वर्षिया चिरन साउँद र १७ वर्षिया सोविन साउँद रहेका छन् । उनीहरु दुवै जनाले वडा नं. ८ पन्तालीमा रहेको विपी आधारभुत विद्यालयका कम्प्युटर र सोही ठाउँका स्थानीयको पसलमा जुता, चप्पल, कपडा र रिचार्ज चोरी […]
नागरिक रैबार/बाजुरा ५ माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंहलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आईतबार साँझ पत्रकार सिंहले सामाजिक संजाल मार्फत आफुलाई कोरोना पुष्टि भएको बताएका छन् । तिन दिन देखिको ज्वरो, टाउको दुखाई र खोकि ठीक नभएपछि प्रादेशिक प्रयोगशाला धनगढीमा चेक गर्दा कोरोना पोजिटिभ देखिएको बताएका छन् । […]
बाजुरा। नेपाल महिला संघकी केन्द्रिय सदस्य एवम् महासमिती सदस्य जुना दानीले राष्ट्रपती विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली गुटको मतियार बनेको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभाको असवैधानिक सँसद् विघटनको विरुद्धमा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा आयोजित विरोध सभामा बोल्दै नेतृ दानीले यस्तो बताउनु भएको हो । उहाँले देशको राष्ट्रपती त बन्न सक्नु भएन तर […]
बाजुरा ३ माघ । नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा सरकारको असंबैधानिक कदमका विरुद्ध एकै साथ प्रदर्शन गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]
नागरिक रैबार/बाजुरा १ माघ। बडीमालिका नगरपालिका वडा नं. ९ का वडा सदस्य लालचन्द नेपालीले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका अति विपन्न परिवारलाई कम्मल सहयोग गरेका छन् । जन्मदिनको अवसर पारी आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका अतिविपन्न परिवारका १० जनालाई चिसोबाट जोगाउन व्यक्तिगत रुपमा कम्वल सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा विपन्न […]
नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो […]
नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिका -३ रजालीबाट अवैध भरुवा बन्दुक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले सोही नगरपालिका -३ रजाली बस्ने ४५ वर्षीय नन्द ल्वारको घरबाट एक नाले भरुवा बन्दुक (लोड गरेको), गोली २२ राउण्ड फलामको बन्दुकको नाल थान […]
रामबहादुर बि.क/बाजुरा २८ पुस। बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार गरिएको छ । आज एक औपचरिक कार्यक्रमको आयोजना गरी उतm शाखा विस्तार गरिएको नेपाल महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंहले बताइन् । जमना विक अध्यक्ष रहने गरी ११ सदस्यीय समिती शाखा विस्तार गरिएको बताइएको छ । जसमध्य उपाध्यक्ष सुनमती रावल ,कमला रावललाई चयन गरिएको […]
नागरिक रैबार बाजुरा २८ पुस जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभा मार्तडीमा सम्पन्न भएको छ । “संघ, प्रदेश र स्थानीय तह विच समन्वय, शुसासन सहमागिता र पारदर्शिता, स्वास्थ्य, कृषि, रोजगारी र शिक्षा आजको आवश्यकता” भन्ने मुल नाराका साथ उक्त सभा मार्तडीमा सम्पन्न भएको हो । मंगलबार भएको तेस्रो जिल्ला सभामा ४ वटा कार्यसुचि पेश गर्दै […]
मदन वि.क./बाजुरा २८ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आठौं नगर सभा तथा हिउँदे अधिवेशनको अवसरमा विभिन्न तहबाट नगरपालिकालाई सहयोग गर्ने विभिन्न साझेदार तथा सहयोगी नियकालाई सम्मान सहित प्रसंशा पत्र प्रदान गरेको छ । सोमबारबाट सूरु भएको नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशनको अवसरमा बडीमालिका नगरपालिकालाई कोभिड-१९ को व्यवस्थापन, बाढी पहिरोबाट प्रभावितलाई सहयोग तथा अन्य विकासका […]
नागरिक रैबार बाजुरा २८ पुस। जिल्लाकाे सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेकाे ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका ४ का धननाथ याेगि रहेका छन् । मार्तडीबाट तिपाडा जाँदै गरेकाे नम्बर बिहिन ट्याक्टर साेमबार साँझ चाैराटी खेत नजिक दुर्घटना भएकाे थियाे । ट्याक्टर दुर्घटनामा परेर घाईते भएका ट्याक्टर मालिक समेत […]
नागरिक रैबार/बाजुरा २७ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ सुरु भएको नगरपालिकाको आठौं नगर सभा सोमबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो । नगरपालिकाले सातौँ नगरसभा पश्चात कार्यपालिकाको बैठकबाट स्वीकृत गरेका कार्यविधिहरु पारित गर्दै आठौँ नगर सभा सम्पन्न […]
नागरिक रैबार/बाजुरा २६ पुस। नेकपा बाजुराको आज हुने जनसभामा नेकपाका कार्यकर्ताले चलाएकोे मोटरसाईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि एक जना महिला घाईते भएकि छन् । आईतबार दिउसो साढे १२ बजेतिर दुनिहाटबजारमा नेकपा ओली समर्थकका कार्यकर्ताले चलाएको से १ प ९५९८ नम्बरको मोटर साईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि लियुटी थापा घाईते भएकि हुन् […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला कमिटीका सदस्यहरुको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकेको हो । युवा संघमा आवद्ध जिल्ला कमिटीका सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सदस्य […]
नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले प्रधानमन्त्री केपी शर्भा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोद्धमा विरोधपत्र बुझाएको छ । संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले बाजुरामा पनि शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो । नेकपा बाजुरा प्रचण्ड माधव […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई मोटरसाईकल हस्तान्त्रण गरेको छ । वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र सुईजिउलासम्म पुग्न र वडाका कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई एक-एक वटा मोटरसाईकल हस्तान्त्रण गरेको हो । बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले गाउँपालिकाको तर्फबाट मोटरसाईकलको पुजाआजा गर्दै […]
साबिक युवा संघ नेपालका महासचिब तथा राष्ट्रिय युवा संघ नेपालका प्रभावशालि नेता नरेश शाही कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त भएका छन् । पार्टी एकता र संगठनको एकता संकटमा परेको बेला बिरामी भएका युवा नेता शाही निको नहुदा संगठनको देशव्यापी आन्दोलनमा समेत असर परेको थियो । अब उहाँ लाइ काेराना मुक्त भएपछि स्वस्थ हुनुभएकाे स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा २२ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ३ बाट स्थानिय तहको निर्वाचनमा पुर्व माओवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार हरी साँउद र राप्रपाबाट उम्मेदवार जय बहादुर साँउद सहित ७० जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस त्रिवेणी नगरपालिका वडा नं ३ वडा कार्यसमितीले मंगलबार आयोजना गरेको भेटघाट तथा अन्त्रक्रिया कार्यक्रममा स्थानिय तहको […]