होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बार्तामा आउन प्रेस युनियनलाई पत्रकार महासंघ बाजुराको आग्रह
समाचार

बार्तामा आउन प्रेस युनियनलाई पत्रकार महासंघ बाजुराको आग्रह

  • नागरिक रैबार
बार्तामा आउन प्रेस युनियनलाई पत्रकार महासंघ बाजुराको आग्रह

नागरिक रैबार/बाजुरा ६ माघ। नेपाल प्रेस युनियन बाजुरा शाखालाई नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बार्तामा आउन आग्रह गरेको छ । मंगलबार एक पत्र पठाउँदै पत्रकार महासंघ बाजुराले प्रेस युनियन बाजुरालाई बार्तामा आउन आग्रह गरेको हो ।

युनियनले यस अघि पौष १८ गते तीन बुँदे मागदावी सहित पत्रकार महासंघ बाजुरा शाखामा सुनियोजित तवरबाट ताला बन्दी गरेको थियो ।
सोही तालावन्दीको विषयलाई लिएर नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको गम्भीर ध्यानाकर्षण भई युनियनलाई बार्तामा आउन आग्रह गरिएको पत्रकार महासंघ बाजुराका सचिव प्रेम विकले बताएका छन् ।

महासंघले युनियनलाई आग्रह गरेको पत्रमा लेखिएको छ पूर्ण प्रेस स्वतन्त्रताका हिमायती कुनैपनि व्यक्ति होस् या संघ संगठन भनौँे या कोही संस्थाले बाजुराली पत्रकारहरुको सम्वद्ध साझा संस्थाप्रति हेयभाव राख्नु पूर्व गम्भीरतापूर्वक सकारात्मक सोच सहित पेश हुने कैयौँ पाट हुँदाहुँदै पनि आफू ओतिने घरमा ताला लगाई सडकका निर्दोश खम्बामा टाँसिनु त्यति सुहाउँदैन कि भन्ने ठम्याई हाम्रो हो ।

विज्ञापन

। नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले तीन बुँदे मागकै आधारमा बाजुराली पत्रकारको साझा घरमा लगाएको लालछानायुक्त तालाको यस विषयमा खुला हृदयका साथ युनियन जिल्ला शाखा बाजुरासँग बार्ता गर्न तयार रहेको नेपाल पत्रकार महासंघ बाजुराले जनएको छ ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै