होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • ६ महिनापछि मार्तडीमा बस पुगे, स्थानीयबासी खुसी
समाज

६ महिनापछि मार्तडीमा बस पुगे, स्थानीयबासी खुसी

  • नागरिक रैबार
६ महिनापछि मार्तडीमा बस पुगे, स्थानीयबासी खुसी
मंगलबार विहान सदरमुकाम मार्तडी पुगेका बसहरु:तस्विर नागरिक रैबार

नागरिक रैबार/बाजुरा ६ माघ। साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिनापछि सदरमुकाम मार्तडीमा आज ३ वटा बस पुगेका छन् । साँफे-मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि आज मार्तडीमा ३ वटा बस पुगेका हुन् ।             

मंगलबार विहान जयमालिका, भेरी र पवनदुत यातायातका ३ वटा बस यात्रु सहित ल्याएर मार्तडी पुगेका हुन् । जडाङ्गामा बनाईएको अस्थायी काठेपुलमा जोखिम मोलेर बसहरु मार्तडी पुर्याईएको चालकहरुले बताएका छन् । बल्देदवारी सडकको स्तरोन्नति र जडाङ्गा नदिमा बन्ने बेलिव्रिज छिटो निर्माण गर्न सकेमा मार्तडीसम्म नियमित बस सेवा सूचारु गर्न सकिने यातायात व्यवसायीको भनाईछ ।

लामो समयपछि सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्न पाउने भएपछि स्थानीयबासीहरु खसी भएका छन् । स्थानीय टेकबडुवालले भने यस अघि धनगढी सम्म जान ३ वटा गाडीहरु फेरेर फरक फरक भाडा तिरेर जानु पर्ने बाध्यता थियो अव सिधै मार्तडीबाट बसमा धनगढी, महेन्द्रनगर, काठमाण्डाै र नेपालगन्ज जान पाइने भएको छ ।

विज्ञापन

यता बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुराबासीका लागि सदरमुकाम मार्तडीबाटै नियमित बस सेवा संचालनका लागि सम्वन्धित निकायसंग पहल गरिरहेको बताएका छन् ।

गत साउन २५ गतेको बाढीका कारण जडाङ्गामा रहेको बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको ठेक्का खोलेर बेलिवृज निर्माणको काम भईरहेको सडक डिभिजन कार्यालय साँफेबगरले बताएको छ ।

करिव २३ वर्षपछि सदरमुकाम मार्तडीसम्म पक्की बनेको सडक वर्षातमा सडक माथि र तलबाट खसेको पहिरोका कारण तहसनहस भई विग्रेको छ । जसका कारण वर्षातमा करिव ३ देखि ४ महिनासम्म सदरमुकाम मार्तडी सम्मको सडकमा नियमित बस सेवा जहिल्यै अवरुद्ध हुने गरेको छ ।

गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिवृज बगाएपछि मार्तडी सम्मको बस सेवा करिव ६ महिनासम्म बन्द भएको थियो । बाढीकै कारण जडाङ्गाको बेलिब्रिज सँगै झोलङ्गे पुल र खेतियोग्य जमिन समेत बगाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार