होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकामा ओखर र स्याउको क्षेत्र विस्तार गरिदै
समाचार

गौमुल गाउँपालिकामा ओखर र स्याउको क्षेत्र विस्तार गरिदै

  • नागरिक रैबार
गौमुल गाउँपालिकामा ओखर र स्याउको क्षेत्र विस्तार गरिदै

नागरिक रैबार/
बाजुुुुरा ७ माघ।  गौमुल गाउँपालिकाले ओखर र स्याउको क्षेत्र विस्तार गरेकाे छ ।
आर्थिक बर्ष २०७५/०७६ सालमा गौमुल गाउँपालिकाको वडा नं. १ अन्द्राडीमा परिक्षणका लागि लगाईएको एक बर्षिय हाईडेन्सिटि स्याउ सफलता पुर्वक फलेपछि फलफूलको क्षेत्र विस्तार गर्न लागेको हो ।
गाउँपालिका समुन्द्रि सतहबाट १३०० मि. देखि करिब ३५०० मि. सम्म फलफुलका लागि खेतियोग्य भुमि भएकोले पनि फलफुल क्षेत्रलाई विस्तार गर्नृ लागेको छ । पुर्व उत्तरि मोहोडा र पुर्व दक्षिण र पश्चिमि मोहोडा भएको क्षेत्रफलमा फलफुल खेतिको राम्रो सम्भावना भएकोले पनि फलफुल खेतीमा जोड दिएको गौमुल गाउँपालिका कृषि विकाश शाखाका प्राविधिक सहायक दिपेन्द्र सार्कीले बताएका छन । सुरु बर्षमा स्याउ खेती विस्तार संगै ५०० विरुवा पालिकाकै वडा नं. ४ र ६ मा क्लष्टर रुपमा खेति गरी सकेको र कृषि ज्ञान केन्द्र बाजुराको समन्वय संगै चालु आ.व सम्ममा ३ हजार १०० विरुवा फुजि, गाला र गोल्डेन जातका स्याउका विरुवा र २ हजार ४ विरुवा च्यालेन्डर र फ्राईन्कुईट जातका एक बर्षिय ओखर खेतिको पनि सुरुवात गर्न लागेको पनि सार्कीले जानकारी गराएका छन ।
गाउँपालिकाको वडा नं.१ को अन्द्राडीबाट स्याउ खेतिको सुरुवात संगै सोही वडाको अम्लिस, वडा नं.३ धल्काँडा, वडा नं. ४ बाँसैनमा स्याउ बगैचा स्थापना भएको छ भने हाईडेन्सिटी स्याउ गौमुला गाउँपालिकाको १ देखि ६ वटै वडाका १ देखि २ वटा क्लष्टरमा खेतीको लागि माटो, भौगोलिक अध्ययन, सिचाई,समुदायसंग परामर्ष आदी कार्य गरिसकेको कृषि विकाश शाखाका नायव प्राविधिक सहायक रमेश विकले जानकारी गरेका छन ।
राष्टको फलफुल बजारको माग र आपुर्तिलाई समेत मध्यनजर गर्दै किसानको आयआर्जन संग प्रत्यक्ष सरोकार राख्ने र जिविकोपार्जनको महत्वपुर्ण माध्याम भएकोले यस बर्ष फलफुल विकाश कार्यक्रमका लागि नेपाल सरकार शसर्त अनुदान तर्फ १७ लाख र गाउँपालिकाको राजश्व वाडफाड तर्फबाट १५ लाख व्यवस्थापन गरिएको छ । यति मात्र नभई फलफुल लगाएत अन्य कृषि क्षेत्रका कार्यक्रम संचालन गर्न शसर्त अनुदान र राजश्व वाडफाड तर्फ गरी जम्मा ९७ लाख रकम यसै आर्थिक बर्षमा विनियोजित गरिएको गौमुल गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत जगदिश प्रशाद भट्टले जानकारी दिएका छन ।
गौमुल गाउँपालिकालाई फलफुल उत्पादन र मसलबाली उत्पादनमा आत्मनिर्भर बनाउन बर्षेनि आवश्यक बजेट ब्यवस्था गर्दै आईरहेको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार