होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बडीमालिका नगरको सचिवालय बैठक बस्यो,अध्यक्षलाई कारवाही गर्ने
राजनीति

नेकपा बडीमालिका नगरको सचिवालय बैठक बस्यो,अध्यक्षलाई कारवाही गर्ने

  • नागरिक रैबार
नेकपा बडीमालिका नगरको सचिवालय बैठक बस्यो,अध्यक्षलाई कारवाही गर्ने

नागरिक रैबार/बाजुरा ५ माघ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको सातौं सचिवालय बैठक बसेको छ । नेकपा प्रचण्ड-माधव समूहको बडीमालिका नगर सचिवालयको आज होटल डिआर मष्टमा बसेको सातौंं बैठकले नगर कमिटीका अध्यक्ष विरबहादुर रावललाई कारवाही गर्ने तयारी गर्दै आजको सचिवालय बैठक सकेको हो ।

नगर कमिटीका अध्यक्ष रावलले बडीमालिका नगरपालिकामा पार्टीका नाममा अराजकता शैलि देखाएकोले उनलाइ स्पष्टिकरण र कारवाहीका लागि आगामी माघ १० गते बस्ने नगर सचिवालयको पूर्ण बैठकमा सिफारिसका साथ लैजाने निर्णय गरेको सचिवालय सदस्य दिर्घराज पाध्यायले बताएका छन् ।

विज्ञापन

त्यस्तै आज बसेको नगर कमिटीको सातौं सचिवालय बैठकले आगामी माघ १० गते नगर सचिवालयको पूर्ण बैठक समेत बस्ने गरी तयारी थालेको छ । आज बसेको सचिवालय बैठकमा हाल सम्म नगरमा पार्टीमा भए गरेका गतिविधि तथा क्रियाकलापहरुको विषयमा १ देखि ९ वटै वडा सम्मको प्रगति प्रतिवेदन प्रस्तुतीका साथै समिक्षा गरेको थियो ।

नेकपा बडीमालिका नगर कमिटी सचिव चन्द्र थापाको अध्यक्षतामा बसेको सातौं सचिवालय बैठकमा प्रमुख अतिथि नेकपा बाजुराका कार्यालय सदस्य गगन रावल रहेका थिए भने विशिष्ट अतिथि नेकपा बाजुरा सचिवालय सदस्य मानबहादुर विक अतिथि जिल्ला कमिटी सदस्य किट्टाे लवार, विष्णु रावल, काशी नेपाली लगायत रहेका थिए । बैठकको संचालन नगर कमिटी सचिवालय सदस्य मानबहादुर कार्कीले गरेका थिए ।

नेकपा बडीमालिका नगरमा २७ जनाको सचिवालय रहेकोमा आज बसेको बैठकमा प्रचण्ड-माधव पक्षका १६ जना नगर कमिटी सचिवालय सदस्यहरु सहभागि भएका थिए । पछिल्लो समयमा पार्टी विभाजन तर्फ मोडिएसंगै बाजुरा जिल्लामा पनि प्रचण्ड-माधव पक्ष र ओली पक्षले आ-आफ्नै तरिकाले पार्टीका बैठक तथा सभा सम्मेलन संचालन गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार