होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार । बाजुरा १२ फागुन । बाजुराका पत्रकारहरूकाे क्षमता विकासका लागि १ दिने अभिमुखिकरण कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा सूरू भएकाे छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशकाे प्रदेश समितिकाे अायाेजना तथा स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाे सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सूरू गरिएकाे हाे । बाजुराका पत्रकारकाे क्षमता विकास गर्ने उद्वेश्यका साथ पहिलोपटक स्वामिकार्तिक […]
नागरिक रैबार/बाजुरा १० फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत बडीमालिका ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका हुन् । जसमा लगनसिल लघु उद्यमी समूह गैरीबजार माझगाउँमा शान्ति विक संयोजक, दिपा विक सचिव र […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्लाका कच्ची सडकहरुमा चल्ने यातायतका साधानहरुको भाडा दर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेकोे छ । आईतबार जिल्ला प्रहरी कार्यालय बाजुरामा बसेको सर्वपक्षिय बैठकले कच्ची जिल्लाका कच्ची सडकको भाडा दर प्रतिकिलोमिटर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेको हो । यस अघि यातायात व्यवसायीहरुले कच्ची सडकमा मनोमानी रुपमा भाडा लिदैं आएको […]
धनगढी,१० फागुन । बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले आफु निर्वाचित भएर आईसकेपछि गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेको बताएका छन् । सोमवार बोलन्या थलीको सेटमा बोल्दै उनले यस्तो बताएका हुन । गाँउपालिमा थुपै चुनौती रहेपनि ति चुनौतिलाई पछि पादै नमुना गाँउपालिका निमार्णमा लागिरहेको बताएका हुन । पछिल्लो समय देश प्रविधिमैत्रि बनिसकेकाले गाँउपालिकाले पनि सफ्टवयरको […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा गगन रावललाई चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटिको बैठकको निर्णय अनुसार बाजुरा जिल्लाको अध्यक्षमा गगन रावललाई र सचिवमा रमेश विकलाई चयन गरेको हो। प्रचण्ड-नेपाल पक्षका ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेसंगै बाजुरा जिल्ला […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले प्रतिगमनका जडसुत्र नै नेपालका कम्युनिस्ट भएको आरोप लगाएकि छन् । आइतबार नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर संग्रौलाले यस्तो बताएकी हुन । डा.संग्राैलाले अहिलेको वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्टहरुकै कारण उत्पन्न भएको बताइन । केन्द्रीय सदस्य डाक्टर संग्रौलाले भनिन् […]
नागरिक रैबार/बाजुरा १० फागुन। प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा बाजुराका धर्मराज पाध्याय र सह-संयोजकमा निमेन्द्र शाही चयन भएका छन् । पार्टी विभाजन हुँदा उक्त ठाउँमा रहेकाहरु ओली पक्षको प्रेस संगठनमा लागेपछि रिक्त पदहरुमा बाजुराका धर्मराज पाध्याय र निमेन्द्र शाही चयन भएका हुन् । हेर्नुहोस कुन प्रदेशमा को- को भए चयन प्रदेश कमिटी : सुदूरपश्चिम […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा लगाएकाे ताला खुलेकाे छ । अाईतबार नेकपा निकट अाेली समूहका विद्यार्थी र युवाले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला लगाउनु गलत भएकाे निश्कर्ष निकालेपछि ताला खुलेकाे हाे । त्रिवेणी कार्यालयमा एकाएक तालाबन्दी गरेपछि कार्यालय प्रमुख दयाराम […]
बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो । देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला वन्दी गरेको छ । मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा ताला वन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बडीमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखि लागेकाे डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन । घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४० बर्षिया फुँगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्। शक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का […]
नागरिक रैबार/ बाजुरा ७ फागुन। जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले फेरी उनकै पहलमा १ लाख सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार सोही […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लामा पनि ७१औँ प्रजातान्त्र दिवस मनाईएकाे छ । दिवसकाे अबसरमा सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको हाे । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए । बिगतका […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०७७/७८ कोे साउन देखि पुस मसान्त सम्म ६ महिनामा गरेका कामहरुको सार्वजनिक सुनुवाई गरेको छ । जिआईजेटको प्राविधिक सहयोगमा बडीमालिका नगरपालिकाले नगरपालिकाद्वारा ६ महिने अवधिमा नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । । नागरिक संलग्नताको माध्यमद्वारा […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिका-७ मा मेलको रुखमा कलमी गरी नासपाति रोपण अभियान संचालन गरीएको छ । कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष कार्यक्रम अन्तरगत सो अभियान बाजुराको बडिमालिका नगरपालिका ७ बाट संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि शाखाको प्राविधिक सहयोगमा […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाली काँग्रेस बाजुराले बलत्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका पार्टी सभापति कविराज पंण्डित सहितको टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका पुगेर बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टकी आमालाई राहत स्वरुप नगद ३० हजार रकम सहयोग गरेका हुन् । […]
जीवन कैला। बाजुराको बुढीनन्दा नगरपालिकाले हिजो बजार अनुगमन गरेको छ । नगरपालिकाले बजारमा विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तरीयता र दैनिक उपलब्ध हुने खाद्य वस्तुको प्रभावकारीता लगायतका विषयमा बजार अनुगमन गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर वुढाको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले बजारमा दैनिक विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तर, मुल्यमा एकरुपता कामय […]
नागरिक रैबार बाजुरा ३ फागुन नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंण्डितले प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधि सभा विघटन गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका छन् । प्रतिनिधि सभा विघटनका विरूद्व साेमबार नेपाली काँग्रेस बाजुराले अायाेजना गरेकाे विराेध सभालाई सम्बाेधन गर्दै सभापति पण्डितले प्रधानमन्त्रीले अाेलीले प्रतिनिधि सभा भङ्ग गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका हुन् । […]
नागरिक रैबार/बाजुरा ३ फागुन। प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे प्रतिनिधिसभा विघटनका विरूद्ध नेपाली कांग्रेस बाजुराले आज सदरमुकाम मार्तडीमा प्रदर्शन गरेकाे छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ गते बाट आन्दोलित रहेकाे कांग्रेसले देशका ७७ वटै जिल्लामा अाज एकैसाथ विरोध प्रदर्शन गरेकाे हाे । बाजुरा सदरमुकाम मार्तडीमा गरेकाे विराेध प्रदशर्नमा नेपाली कांग्रेस बाजुराका सभापति […]
नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुरामा भारी वर्षा भएको छ । आईतबार साँझबाट सुरु भएको वर्षा साेमबार पनि जारी छ । हिजाे आईतबार विहानै देखि अग्ला ठाउँमा बादल लागेसंगै जाडो बढीरहेको भएपनि सदरमुकाम मार्तडीमा भने हिजाे साँझबाट वर्षा सूरु भएको हो । अविरल वर्षा सूरु भएसंगै उच्च भागमा हिमपात हुने सम्भावना बढेको छ । वर्षा सूरु […]