होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीद्धारा त्रिवेणी नगरपालिकाबाट २ जना चोर पक्राउ
समाचार

प्रहरीद्धारा त्रिवेणी नगरपालिकाबाट २ जना चोर पक्राउ

  • नागरिक रैबार
प्रहरीद्धारा त्रिवेणी नगरपालिकाबाट २ जना चोर पक्राउ

नागरिक रैबार/बाजुरा ५ माघ। जिल्लाको त्रिवेणी नगरपालिका ८ पन्तालिबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका १५ वर्षिया चिरन साउँद र १७ वर्षिया सोविन साउँद रहेका छन् ।

उनीहरु दुवै जनाले वडा नं. ८ पन्तालीमा रहेको विपी आधारभुत विद्यालयका कम्प्युटर र सोही ठाउँका स्थानीयको पसलमा जुता, चप्पल, कपडा र रिचार्ज चोरी गरेको आरोपमा पक्राउ गरिएको बडीमालिका प्रहरी चौकीका ईन्चार्ज हरिसिंह भाटले बताएका छन् ।

प्रहरी ईन्चार्ज भाटका अनुसार ५ दिन अघि त्रिवेणी नगरपालिका वडा नं.८ पन्तालीमा रहेको उक्त विद्यालयबाट कम्प्युटर र स्थानीयको पसलबाट जुता चप्पल कपडा र रिचार्ज लगायतका सामानहरु चोरी भएकाे थियो ।

विज्ञापन

विद्यालय र पशलमा सामान चोरी भएपछि प्रहरीले खोजि गर्दा चोरी कार्यमा संलग्न भएको भन्दै सोही वडाका चिरन र सोविन साउँदलाई पाँच दिन पछी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रिचार्ज चोरि गरेको पसलवालाले रिचार्जको पिन नम्बर आफुसँग राखेका थिए सो रिचार्ज पीन नम्बर नेपाल टेलिकमलाई सोध्पुछ गर्दा चोरी गर्नेहरु पता लागेको प्रहरीले जनाएको छ । चोरी गर्ने दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय बाजुरामा पठाएकोे बडीमालिका प्रहरी चौकीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार