बिहिबार, फाल्गुन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • त्रिवेणीमा जिल्लाकै पहिलो महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु
पत्रपत्रिका

त्रिवेणीमा जिल्लाकै पहिलो महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु

  • नागरिक रैबार
त्रिवेणीमा जिल्लाकै पहिलो महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु

चक्र बहादुर अएडी ।
जिल्लाकै पहिलो धनराशिको महिला तथा पुरुष खुला भलिभव प्रतियोगिता आज बाट त्रिवेणी नगरपालिकामा सुरु भएको छ । विहिवार बाट एक औपचारिक कार्यक्रमका विच त्रिवेणि नगरपालिका वडा नम्वर ७ दम्थामा पानसमा दिप प्रज्वलन उद्धघाटन गरिएको छ ।
उद्धघाट त्रिवेणी नगरपालिका नगर प्रमुख एवम नेपाली काँग्रेशका बरिष्ठ नेता रामसिंह रावलले उद्धघाटन गर्नु भएको छ । डबल कटुवाल स्मृति प्रतिष्ठानको आयोजनामा स्वर्गिय डवल कटुवालको सम्झनामा प्रत्यक वर्षको बार्षिकि तिथिमा भलिवल प्रतियोगिताको आयोजना गरिदै आएको प्रतिष्ठानले जानकारि दिएको छ ।
कार्यक्रम डबल स्मृतिप्रतिष्ठानका अध्यक्ष सुरेन्द्र राज गिरीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल रहनु भएको थियो । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि त्रिवेणी नगरपालिका नगर उप प्रमुख राधिका देवि सुनार , वडा नम्वर ९ का वडा अध्यक्ष विर बहादुर विष्ट , मिन भण्डारी , प्रेम बहादुर थापा र गम्भिर सिंह बुढा रहनु भएको थियो ।
उद्धघाटन कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव मिलन बुढ्थापाले गर्नु भएको खडक अएडीले जानकारि दिनु भएको छ । प्रतियोगितामा महिला पुरुष गरि १५ टिमको सहभागिता रहेको छ । जस्मा महिलातर्फ बाट ७ टिम र पुरुष तर्फबाट ८ टिमको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार