होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा बडीमालिका नगर कमिटीमा ५४ जना प्रचण्ड-माधव पक्षमा देखिए
समाचार

नेकपा बडीमालिका नगर कमिटीमा ५४ जना प्रचण्ड-माधव पक्षमा देखिए

  • नागरिक रैबार
नेकपा बडीमालिका नगर कमिटीमा ५४ जना प्रचण्ड-माधव पक्षमा देखिए

नागरिक रैबार/ बाजुरा ११ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न गरिएको छ ।

नगर कमिटिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा बडीमालिका नगर कमिटीमा प्रचण्ड-माधवको पक्षमा ५४ जना देखिएका छन् । मार्तडीमा शनिबार सम्पन्न भएको नगरको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड-माधवको पक्षमा नगर कमिटीमा बहुमत सदस्यहरु रहेको नगर कमिटी सचिवालय सदस्य धर्मराज पाध्यायले बताएका छन् ।

May be an image of 7 people and people sitting

विज्ञापन

८१ जनाको नगर कमिटीमा ५४ जना बहुमत सदस्यहरु प्रचण्ड-माधवको पक्षमा रहेको नगर कमिटीले दावी गरेको छ ।

त्यस्तै नेकपा बडीमालिका नगर कमिटीको तेस्रो पूर्ण बैठकले नगर कमिटी अध्यक्ष वीरबहादुर रावल, सचिवालय सदस्य सुर्यकिरण विक, कृष्ण खड्का र गीता रावललाई कारवाही गरेको जनाएको छ ।

May be an image of 6 people, including Gagan Rawal and Purna Rawat and people sitting

नेकपा बडीमालिका नगर कमिटी सचिव चन्द्र थापाको अध्यक्षतामा बसेको नगरको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा बाजुराका कार्यालय सदस्य गगन रावल, सचिवालय सदस्य पुरबहादुर रावत, मानबहादुर विक, युवा नेता महेश शाही, धर्मराज पाध्याय लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन नगर कमिटी सचिवालय सदस्य मानबहादुर कार्कीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार