होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ फागुन। नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् । जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका […]
नागरिक रैबार बाजुरा २१ फागुन देउडा गायक हर्क खडायतकाे बाजुरा घाम छकि नामक देउडा गीतकाे म्युजिक भिडियाे एक अाैपचारिक कार्यक्रमका विच मार्तडीमा विमाेचन गरिएको छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रकाे कूरूका विभिन्न ठाउँ तथा काठमाडौंमा छायांकन गरिएकाे उक्त म्युजिक भिडियाेकाे मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले भिडियाेलाई प्राेजेक्टरकाे पर्दामा देखाएर विमाेचन गरेका हुन् । गीतमा […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरामा १११ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने भएको छ । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजनामा नगरपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रम गरेर १११ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने भएको हो । १११ औं अन्तराष्ट्रिय महिला दिवस बडीमालिका नगरपालिकामा भव्य रुपमा मनाउनका लागि विहिबार बडीमालिका नगरपालिकामा […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार फलफूलका विरुवा रोपिएका छन् । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरेसंगै जिल्लाभर १ लाख २५ […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेकाे राेहेल हाेटलमा कोभिट १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा अब तेस्रो चरणको कोभिट १९ बिरुद्धको खोप अभियान संचालनमा सबैको साथ सहयोग र कोही पनी नछुटन भन्ने हेतुका साथेै खोप समन्वय समिति र पत्रकारहरुसंग […]
नागरिक रैबार/बाजुरा १८ फागुन। हिमाली गाउँपालिकाको विच्छ्यामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाईते भएका प्रेस युनियनका केन्द्रिय सदस्य पत्रकार दयाराम पंडितलाई थप उपचारका लागि हवाईजहाज मार्फत नेपालगंज लगिएको छ । आइतबार दिउसो पुर्वी उतरी भेगको हिमालि गाँउपालिका १ बिच्छाको घट्टेबगर खोलामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाइते भएका पत्रकार पंण्डितलाई मंगलबार दिउसो थप उपचारका लागी […]
नागरिक रैबार/बाजुरा १७ फागुन। नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा किनारा न्युज डटकमका सम्पादक दयाराम पण्डितको लडेर घाईते भएको २४ घण्टा बढी वितिसक्दा पनि अझै उद्धार हुन सकेको छैन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका १ बिच्छ्याको घट्टेबगर खोलामा आइतबार लडेर गम्भीर घाइते भएका पत्रकार पंण्डितको उद्धार हुन नसकेको हो। एक सातादेखि उक्त क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुरा उद्योग बाणिज्य संघका जिल्ला सदस्य हंस बहादुर सिंहले बाजुराका स्थानीय तहमा मदिरा बिक्री वितरण खुल्ला गर्न पाउ भनी उच्च अदालत दिपायलमा दिएको रिट निवेदन खारेज गरिदिएको छ । त्रिबेणि नगरपालिकाले मदिरा नियन्त्रण ऐन र बाजुराका अन्य ६ वटा स्थानीय तहमा कार्यबिधी बनायर मदिरा नियन्त्रण गर्ने निर्णय गरेका थिए । मदिराले […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप झोला र स्टेशनरी सामाग्री सहयोग गरिएको छ । प्रेमु पूर्ण प्रताप फाउण्डेसन दोलखाकी संरक्षक तथा सामाजिक अभियान्ता पद्मा प्रधानको सहयोगमा बाजुराको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज धर्मराज पाध्यायलाई पृत शोक परेको छ । वडा अध्यक्ष पाध्यायका बुवा मनी पाध्यायको ७७ वर्षको उमेरमा शुक्रबार दिउसो जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा असामयिक निधन भएको हो । पाध्याय लामो समयदेखि दमका विरामी रहेका थिए । […]
निमेन्द्र शाही/बाजुरा १४ फागुन। नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट […]
मदन विक/बाजुरा १४ फागुन। सदरमुकाम मार्तडीदेखि कोल्टी सम्मको करिव ४२ किलोमिटर सडकको निर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ । मार्तडी-कोल्टी सडक खण्ड शिलान्यास भएको करिव २० वर्ष पछि सडक निर्माणले तिव्रता पाएको हो ।जिल्लाको पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तह सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुको आवतजावतलाई मध्येनजर गर्दै निर्माण हुन लागेको सो […]
नागरिक रैबार फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा– प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजक लक्ष्मिराज पाध्याय चयन भएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिले लक्ष्मिराज पाध्यायको संयोजक रहने गरि ९ जनाको जिल्ला कार्य समिति गठन गरेको शुुदुरपश्चिम संयोजक नबराज भण्डारीले बताएका छन् । पाध्याय बडीमालिका खबरका अनलाइन सम्पादक र एभिन्युु टिभिमा […]
नागरिक रैबार फागुन १३ बाजुरा । नेपाल कम्युनिष्ट पाटी(नेकपा) प्रचण्ड-माधवपक्ष बाजुरा जिल्ला कमिटीका अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी ओलीले अब राजनीति रुपमा सन्यास लिनु पर्ने बताएका छन् । बुधबार संसद पुनःस्थापनाको खुशीयालीमा सदरमुकाम मार्तडीमा उठेको जुलुस कोणसभामा परिणत भई समापन पछि भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रावलले भने ओलीले कम्युनिष्ट आन्दोलनकै वेईज्जत गरेको र नेपाल […]
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
नागरिक रैबार । बाजुरा १२ फागुन । बाजुराका पत्रकारहरूकाे क्षमता विकासका लागि १ दिने अभिमुखिकरण कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा सूरू भएकाे छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशकाे प्रदेश समितिकाे अायाेजना तथा स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाे सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सूरू गरिएकाे हाे । बाजुराका पत्रकारकाे क्षमता विकास गर्ने उद्वेश्यका साथ पहिलोपटक स्वामिकार्तिक […]
नागरिक रैबार/बाजुरा १० फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत बडीमालिका ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका हुन् । जसमा लगनसिल लघु उद्यमी समूह गैरीबजार माझगाउँमा शान्ति विक संयोजक, दिपा विक सचिव र […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्लाका कच्ची सडकहरुमा चल्ने यातायतका साधानहरुको भाडा दर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेकोे छ । आईतबार जिल्ला प्रहरी कार्यालय बाजुरामा बसेको सर्वपक्षिय बैठकले कच्ची जिल्लाका कच्ची सडकको भाडा दर प्रतिकिलोमिटर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेको हो । यस अघि यातायात व्यवसायीहरुले कच्ची सडकमा मनोमानी रुपमा भाडा लिदैं आएको […]
धनगढी,१० फागुन । बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले आफु निर्वाचित भएर आईसकेपछि गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेको बताएका छन् । सोमवार बोलन्या थलीको सेटमा बोल्दै उनले यस्तो बताएका हुन । गाँउपालिमा थुपै चुनौती रहेपनि ति चुनौतिलाई पछि पादै नमुना गाँउपालिका निमार्णमा लागिरहेको बताएका हुन । पछिल्लो समय देश प्रविधिमैत्रि बनिसकेकाले गाँउपालिकाले पनि सफ्टवयरको […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा गगन रावललाई चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटिको बैठकको निर्णय अनुसार बाजुरा जिल्लाको अध्यक्षमा गगन रावललाई र सचिवमा रमेश विकलाई चयन गरेको हो। प्रचण्ड-नेपाल पक्षका ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेसंगै बाजुरा जिल्ला […]