होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका स्थानीय तहमा मदिरा विक्री गर्नपाउँ भनि दिएको रिट निवेदन खारेज
समाचार

बाजुराका स्थानीय तहमा मदिरा विक्री गर्नपाउँ भनि दिएको रिट निवेदन खारेज

  • नागरिक रैबार
बाजुराका स्थानीय तहमा मदिरा विक्री गर्नपाउँ भनि दिएको रिट निवेदन खारेज

नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुरा उद्योग बाणिज्य संघका जिल्ला सदस्य हंस बहादुर सिंहले बाजुराका स्थानीय तहमा मदिरा बिक्री वितरण खुल्ला गर्न पाउ भनी उच्च अदालत दिपायलमा दिएको रिट निवेदन खारेज गरिदिएको छ ।

त्रिबेणि नगरपालिकाले मदिरा नियन्त्रण ऐन र बाजुराका अन्य ६ वटा स्थानीय तहमा कार्यबिधी बनायर मदिरा नियन्त्रण गर्ने निर्णय गरेका थिए ।
मदिराले समाजमा बिकृती ,महिला हिंसा बढ्ने , अशान्ती, झैझगडा ,आर्थिक रूपमा समस्या निम्त्याउने मुख्य कारण भएको र यसलाई नियन्त्रण गर्नु पर्छ ।

स्थानीय तहका तर्फ बाट अधिबक्ता हर्क खडायत, जनक बोहरा ,गोबिन्द जोशी,शंकरदिप मडैले बहस गरेका थिय।मदिरा सम्बन्धि रिट निवेदकको तर्फ बाट भिम केसिले बहस गरेका थिए ।

विज्ञापन

नेपाल सरकारले त्रिबेणि नगरपालिकामा १५ सैयाको अस्पताल निर्माण तथा स्तरउन्नति गर्ने निर्णय गरेको थियो । १५ सैयाको अस्पतालका लागि करिब ३६८० बर्ग मिटर जग्गाको प्रावधान रहेको,साबिकको तोलि स्वास्थ्य चौकीमा मौज्दात ५१५ कित्तामा १५५० बर्ग मि मात्र रहेको र ब्यक्तिगत स्वार्थ, लाभका लागि रिट निवेदक वीर बहादुर अयडिले साबिक तोलि स्वास्थ्य चौकी मा नै हुनुपर्छ ।

त्रिबेणि नगरकार्यपालिका निर्णय ले ३७०० बर्गमी जग्गा उपलब्ध तथा सर्वसाधारणको पहुँच ,भूगोल ,बजार,पर्याप्त साधनस्रोत ,नगरपालिकाको केन्द्रमा सुबिधासम्पन्न अस्पताल हुनुपर्ने र त्यो उपयुक्त ठाउँ टुडेगडा नै रहेको निर्णय गरेको थियो।

अस्पताल निर्माण सम्बन्धि रिट निवेदक वीर बहादुर अयडीको तर्फ बाट अधिबक्ता रण बहादुर सिंह , जनक बोहरा ,भिम केसि, शंकरदिप मडैले बहस गरेका थिए भने त्रिबेणि नगरपालिकाको तर्फ बाट हर्क खडायतले बहस गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार