होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लडेर घाईते भएका पत्रकार पंण्डितको अझै उद्धार भएन
समाचार

लडेर घाईते भएका पत्रकार पंण्डितको अझै उद्धार भएन

  • नागरिक रैबार
लडेर घाईते भएका पत्रकार पंण्डितको अझै उद्धार भएन

नागरिक रैबार/बाजुरा १७ फागुन।  नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा किनारा न्युज डटकमका सम्पादक दयाराम पण्डितको लडेर घाईते भएको २४ घण्टा बढी वितिसक्दा पनि अझै उद्धार हुन सकेको छैन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका १ बिच्छ्याको  घट्टेबगर खोलामा आइतबार लडेर गम्भीर घाइते भएका पत्रकार पंण्डितको उद्धार हुन नसकेको हो।

एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित सोही गाउँपालिकाको घट्टे बगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विज्ञापन

टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्य चौकीले जनाएको छ । टाउकाको सिटीस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहुुँदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ।

दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार