होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी-कोल्टी सडकको निर्माण तिव्र गतिमा हुँदै
समाचार

मार्तडी-कोल्टी सडकको निर्माण तिव्र गतिमा हुँदै

  • नागरिक रैबार
मार्तडी-कोल्टी सडकको निर्माण तिव्र गतिमा हुँदै

मदन विक/बाजुरा १४ फागुन। सदरमुकाम मार्तडीदेखि कोल्टी सम्मको करिव ४२ किलोमिटर सडकको निर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ ।

मार्तडी-कोल्टी सडक खण्ड शिलान्यास भएको करिव २० वर्ष पछि सडक निर्माणले तिव्रता पाएको हो ।जिल्लाको पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तह सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुको आवतजावतलाई मध्येनजर गर्दै निर्माण हुन लागेको सो सडक निर्माण लागि तिव्र गतिमा काम भईरहेको छ ।

सडक खण्ड शिलान्यास भएको २० वर्षपछि कोल्टीसम्मै पक्की सडक निर्माण गर्ने गरी सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार कम्पनिहरुले सडक निर्माणको काम धमाधम गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म सो सडक सदरमुकाम मार्तडी देखि ढम्कने सम्म सडकको डवल कटिङ्ग, मेसिनरी वाल लगायतका कामहरु धमाधम भईरहेका छन् ।

विज्ञापन

२ साता अघि मात्रै सुदूरपश्चिम प्रदेशका साँसद बलदेव रेग्मीले मार्तडी-कोल्टी सडकलाई समयमै सम्पन्न गर्न सडक निर्माण कम्पनि र ठेकेदारलाई जिल्ला प्रशासन कार्यालय बाजुरामा बोलाएर सडक निर्माणको काम तिव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका थिए । सांसद रेग्मीको निर्देशन पछि सडक निर्माणको जिम्मेवारी पाएका बानियाँ कन्ट्रक्सनका विष्णु रावत र ग्याल्वा कन्ट्रक्सनका नवराज पुरीले सडकको निर्माण कार्य धमाधम अगाडि बढाईरहेका छन् ।

मार्तडी-काेल्टी सडककाे काम छिटाे सम्पन्न गर्न सांसद रेग्मीकाे निर्देशन

मार्तडीदेखि कोल्टीसम्मको पक्की सडक निर्माणका लागि ग्याल्बा कन्ट्रक्सन र बानियाँ कन्ट्रक्सनले ठेक्का पाएको छ ।
मार्तडी कोल्टि सडक खण्ड जम्मा ४२ किलोमिटर रहेको छ । मार्तडी देखी कोल्टी सम्म ४२ किलोमिटर पक्की सडक निर्माणका लागि संघ र प्रदेश सरकारले १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरेको छ ।

यस अघि मार्तडी-कोल्टी सडकमा खाल्डा खुल्डी भएपछि जिप तथा ट्याक्टरहरुलाई आवत जावत गर्न निकै समस्या भएको थियो । सडक सिलान्यास भएको लामो समयपछि कोल्टीसम्मै पक्की सडक निर्माण हुन लागेपछि स्थानीयहरु खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार