होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका कच्ची सडकको भाडादर प्रतिकिलोमिटर ११ रुपैयाँ कायम
समाचार

बाजुराका कच्ची सडकको भाडादर प्रतिकिलोमिटर ११ रुपैयाँ कायम

  • नागरिक रैबार
बाजुराका कच्ची सडकको भाडादर प्रतिकिलोमिटर ११ रुपैयाँ कायम

नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्लाका कच्ची सडकहरुमा चल्ने यातायतका साधानहरुको भाडा दर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेकोे छ ।

आईतबार जिल्ला प्रहरी कार्यालय बाजुरामा बसेको सर्वपक्षिय बैठकले कच्ची जिल्लाका कच्ची सडकको भाडा दर प्रतिकिलोमिटर ११ रुपैयाँ कायम गर्ने निणर्य गरेको हो ।

यस अघि यातायात व्यवसायीहरुले कच्ची सडकमा मनोमानी रुपमा भाडा लिदैं आएको जनगुनासो बढेपछि कच्ची सडकको भाडादर ११ रुपैयाँ कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।

विज्ञापन

यस अघि मार्तडी-कोल्टीको कच्ची सडकमा व्यवसायीहरुले प्रतिव्यक्ति ८ सय देखि १ हजारसम्म लिने गरेका थिए ।
सर्वपक्षिय बैठक पश्चात रुट परमिट नभएको सवारी साधान र सवारी चालक अनुमति पत्र नभएको चालकले सवारी साधान चलाउन नपाउने र सो कार्य गरिएको थाहा पाएमा कानुन बमोजिम कडाईका साथ कार्यान्वयन गर्ने डिएसपी मदन जित महाराले बताएका छन् ।

त्यस्तै चलानी पत्र र टिकट अनिवार्य रुपले लिनु पर्ने तथा भाडादर गाडीमा टाँस्नु पन, सवारी साधानहरु जथाभावी पार्किङ्ग नगर्ने समेत निणर्य गरेको छ ।

सर्वपक्षिय भेलामा उपस्थित भएका यातायात व्यवसायीहरु भने यी सर्वपक्षिय भेलाबाट कच्ची सडककमा प्रतिकिलोमिटरको भाडा ११ रुपैयाँ कायम गरेपछि असन्तुष्ट भएका छन् ।

सर्वपक्षिय भेलामा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी कृष्ण गैर्है, प्रहरी प्रमुख मदनजित महरा, शसत्र प्रहरी प्रमुख दिपक विष्ट, यातायात व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार