होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ बैशाख बाजुरा । बाजुरामा कोरोना संक्रमितहरुका लागि अत्यावश्यक भेन्टिलेटर, आइसीयू र अक्सिजन अभाव देखिएको छ। उक्त प्रविधि नहुँदा एक जना संक्रमितले ज्यान समेत गुमाइसकेका छन्। अहिले कोरोना संक्रिमितले जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्ष भरिँदै गएको छ। अस्पतालमा उपचाररत दुई जनाको सोमबार बिहान मृत्यु भएको छ।तर भेन्टिेलटर र आइसियू व्यवस्थापनमा जिल्ला संकट व्यवस्थापन समितिले […]
नागरिक रैबार बाजुरा २६ बैशाख बडीमालिका नगरपालिका ९ की एक वृद्ध महिलाको निधन हुँदा उनका छोराले काजकिरिया गर्न समेत पाएनन् । बडीमालिका ९ माझ गाउँघर भएकी अन्दाजि ६५ वर्षीय वृद्धको आईतबार निधन भएपछि मृतकका छोराले आमाकोे काज किरिया गर्नबाट समेत वञ्चित भएका हुन् । लामो समयदेखि दमको बिरामी रहेकी वृद्ध महिलाको आईतबार विहान घरमै निधन […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। कोरोनाका कारण मृत्यु भएका बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । कोरोनाका कारण मृत्यु भएका वडा अध्यक्ष विकको शव अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा वडा अध्यक्ष विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल […]
नागरिक रैबार/ बाजुरा २५ बैशाख। बडीमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ । शनिबार काेराेना संकर्मण पछि बिकलाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि डडेलधुरा रिफर गरिएको थियो । अध्यक्ष बिकलाई थप उपचारका लागि डडेलधुरा लिने क्रममा अछामकाे साँफेबगरमा निधन भएकाे अाफन्त सन्ताेष विकले बताएका छन् […]
२५ बैशाख , बाजुरा । बाजुरा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई डडेलधुरा रिफर गरिएको छ । अध्यक्ष बिकलाई कोरोना देखीएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको हो । उनलाई अक्सीजन सहित भ्यानीलेटरको आबस्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको अबस्थामा अध्यक्ष बिकलाई रिफर गरिएको जिल्ला अस्पतालले […]
२३ वैशाख, बाजुरा । कोरनाको महामारीका बेला सबैले सजकता र सुरक्षित बस्नका लागि जारी गरिएको निषेधाज्ञामा मदिरा खाएर हो हल्ला गर्दै नियमको उल्लङघन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम मार्तडीमा रहेको बजारमा मदिरा सेवन गरी हो हल्ला र नियमको उल्लङघन गर्दै आएका चार जनालाई पक्राउ गरी उनीहरुलाई प्रशासनमा जरिवाना तिराए छोडेको जिल्ला […]
२३ बाजुरा,। बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३८ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ४६ पुगेको छ । आज १ सय ३२ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा १ सय १४ जना होम आइसोलेशनमा र ३८ जना […]
२३ बैशाख , बाजुरा । राजेश पायल विकद्धारा निर्देशित बाजुराली भाषामा तयारी पारिएको जनचेतनामुलक लघु चलचित्र कोरोना कहर सार्वजनिक भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (काभिड १९) ले विश्वनै अक्रान्त भएको बेला सचेताना फैलाउन बाजुराले भाषामा तयार पारिएको कोरोना कहर लघु चलचित्र सार्वजनिक गरेको हो । यो चलचित्रमा कोरोना कहरको बेला भारतबाट आएका सर्वसाधारणहरुलाई […]
धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको उनले बताइन। बिगत ३ दिनदेखि सुख्खा खोकी र शरीर दुख्ने समस्या भएपछि परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्। उनले हाल स्वासप्रस्वासमा कुनै समस्या नदेखिएको बताएकी छन्। आफु […]
२३ वैशाख, बाजुरा । कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढेसँगै गएपछि बाजुराका स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँच गर्न थालेका छन् । बाजुरामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै जाँदा उपचार तथा परामर्श घरमै पुगेर गर्न थालिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु […]
२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त […]
२२ बैशाख , बाजुरा । बाजुरामा कोरोना भाईरस तथा कोभिड १९को संक्रमणबाट एक जना को मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । स्वास्थ्य कार्यालयमा उपचारका क्रममा बुधबार बिहान ५ बजे स्वास्थ्य कार्यलयमा उपचारको लागी स्वास्थ्य कार्यालय बाजुरामा भर्ना गरेका थिए भर्ना गरेको ९ घण्टा पछी उनको मृत्यु भएको स्वास्थ्य […]
बैशाख २०, बाजुरा । बाजुरा जिल्लामा दिन प्रतिदिन कोरोना तिब्र रुपमा फैलिरहेको छ । कोरोना भाइरस फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले निषेधाज्ञा जारि गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । कोरोना भाईरस महामारीका कारण जोखीम बढ्दै गएकोले कोभिड १९ संकट ब्यबस्थापन समितिको निणर्अनुसार बाजुरामा पनि निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । […]
२० वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक […]
बाजुरा १८ बैशाख । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या ३८ पुगेको छ । आज थप २ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बुढिगंगा नगरपालिकामा १ र गौमुल गाउँपालिकामा १ गरी दुई जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन । जिल्लाका बडिमालिका […]
बैशाख २३ बाजुरा । बिश्व महामारीको रुपमा फैलिएको कोभिट १९ का कारण त्रसित भइरहेको अबस्थामा बडिमालिका नगरपालिकाले पनि सचेत हुन अनुरोध गरेको छ । बडिमालिका नगरपालिका शिक्षा समितिको मंगलबार बिहान बसेको बैठकले नगरपालिका भित्रका सबै बिद्यालय बन्द गर्ने निणर्य गरेको छ । नगरपालिका भित्र ज्वरो लगायतका लक्षण सहित बिरामी देखा परेकोले बैशाख १४ गते देखी […]
१३ वैशाख, बाजुरा । साफेँ मार्तडी सडकखण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ को बल्दे नजिकै अम्काेटको पहिरोमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । मृत्यु हुनेमा अछामको मेल्ललेख गाउँपालिका वडा नम्मर १ का नितज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख […]
१२ वैशाख, बाजुरा । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का बर्ष ६० मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेकाे पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनीहरुले चितुवा मारेर हड्डी दातँ र छाला […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले आफनो जन्मदिनको अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरेका छन् । जन्मदिनको अवसरमा शुक्रबार विहान कारागारमै पुगेर सभापति पण्डितले कैदीबन्दीहरुलाई फलफुल वितरण गरेका हुन् । बडीमालिका नगरपालिका १ निवासी पण्डितले जन्म दिनको अवसरमा अन्य फजुल खर्च कटाएर कारागार बाजुराका कैदीहरुलाई फलफुल वितरण गरेका […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमालेको माधव नेपाल समूहले बाजुरामा १ सय १ जनाको जिल्ला कमिटी बनाएको छ । एमालेको उक्त समूहले पार्टी स्थापना दिवसको अवसर पारेर सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकबाट बाजुरामा एमालेको १ सय १ जनाको जिल्ला कमिटी बनाएको हो । त्यस्तै प्रथम विस्तारित बैठकले ११ जनाको सल्लाहकार समिति समेत गठन […]