होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १११ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने
समाचार

१११ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने

  • नागरिक रैबार
१११ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने

नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरामा १११ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने भएको छ । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजनामा नगरपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रम गरेर १११ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने भएको हो ।

१११ औं अन्तराष्ट्रिय महिला दिवस बडीमालिका नगरपालिकामा भव्य रुपमा मनाउनका लागि विहिबार बडीमालिका नगरपालिकामा सरोकारावाला निकायसंग छलफल गरिएको छ । बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा उतm दिवस फागनु २४ गते मनाइने महिला तथा बालबालिका शाखाकी प्रमुख केसरी रोकायाले बताएकी छन् ।

उतm दिवस बडिमालिका नगरपालिकाका ९ ओटै वडामा मनाउने तैयारी गरिएको छ । दिवस वडा नं ८ र ९ को सयुतm एकै ठाँउमा गर्ने र अरु वडाहरुले आफ्नै वडामा गर्नुपर्ने बताइएको छ ।

विज्ञापन

दिवसको अवसर पारी उद्योमी महिलाहरुलाई समान्न गरिने शाखा प्रमुख केशरी रोकायाले जानकारी दिनुभएको छ । त्यस्तै कार्यक्रममा महिला र पुरुष सयुक्त खुला देउडा प्रतियोगिता गरिने र सो को जिम्मेवारी सुदुर साहित्य प्रतिष्ठान बाजुरालाई दिएको छ । सो कार्यक्रममा सहास नेपाल बाजुरा ,गिफ्ट , एचआर्सी, आइएनफ र महिला विकास मन्चले बाजुराले आर्थिक सहयोग गर्ने भएको छ ।

बडिमालिका नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे , प्रहरी प्रमुख मदनजित महरा , ससत्र प्रहरी वल प्रमुख दिपक विष्ट सहभागिता रहेको थियो । त्यस्तै सहास नेपाल बाजुरा ,गिफ्ट बाजुरा , एचआर्सी , आइएनफ र महिला विकास मन्चका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भने महिला तथा बालबालिका शाखा प्रमखु केशरी रोकायाले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार