होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कोभिट १९ बिरुद्धको खोप सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
समाज

कोभिट १९ बिरुद्धको खोप सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
कोभिट १९ बिरुद्धको खोप सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेकाे राेहेल हाेटलमा कोभिट १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा अब तेस्रो चरणको कोभिट १९ बिरुद्धको खोप अभियान संचालनमा सबैको साथ सहयोग र कोही पनी नछुटन भन्ने हेतुका साथेै खोप समन्वय समिति र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।

कोभिट १९ बिरुद्धको खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा संचालन गरिएको कार्यक्रममा तेस्रो चरणमा हुने खोप अभियानमा १८ बर्ष माथिका युवा, शिक्षकहरु, ड्राइभर र बृद्धा बृद्धहरुलाई लगाउने कार्यक्रम रहेको प्रमुख पन्तले बताएका छन ।

विज्ञापन

तेस्रो चरणमा लगाउने खोपका लागि ६९ वटा केन्द्रबाट सेवा दिने र १८ हजार ८ सय ८९ जनालाई खोप लगाइने बताएका छन । सो अभियानमा यस अघिको पहिलो र दोस्रो चरणमा छुटेका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई पनि सो अभियानमा समेटिने सो अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुखले बताएका छन ।

खोप समन्वय समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथि रहेका थिय । कार्यक्रमा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा, जिल्ला शिक्षा समन्वय अधिकारी सुरक्षा निकायका प्रमुख जिल्ला स्थित भिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार