होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ मा ३ वटा लघुउद्यमी समूह गठन
समाचार

बडीमालिका ९ मा ३ वटा लघुउद्यमी समूह गठन

  • नागरिक रैबार
बडीमालिका ९ मा ३ वटा लघुउद्यमी समूह गठन

नागरिक रैबार/बाजुरा १० फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका छन् ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत बडीमालिका ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका हुन् ।

जसमा लगनसिल लघु उद्यमी समूह गैरीबजार माझगाउँमा शान्ति विक संयोजक, दिपा विक सचिव र कोषाध्यक्ष धना नेपाली छन् । त्यस्तै कैलाश लघु उद्यमी समूह तल्लाबाडा, बडुवालवाडा र सनाइबाडाका लागि दर्पना थापा अध्यक्ष, विमला कुमारी ओली सचिव र कोषाध्यक्ष गगन थापा रहेका छन् ।

विज्ञापन

त्यस्तै उखाडी चौराटा लघु उद्यमी समूहको अध्यक्ष सन्तोष विक, तारा रोकाया सचिव र कोषाध्यक्षमा सुना कुमारी थापा लाई बनाईएको छ । टोल स्तरका यी उद्यमशिल समूहमा करिव ४० जना लाभान्वित हुनेछन् ।

गठन भएका यी उद्यमी समूहहरुलाई उद्यमीशिल बनाउन विभिन्न सिपमुलक तालिम दिईने वडा कार्यालयले जनाएको छ । समूहमा छनोट भएकाहरुलाई आत्मनिर्भर बन्न गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले ठुलो सहयोग पुग्ने वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार