होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लडेर घाईते भएका पत्रकार पंडितलाई नेपालगंज लगियो
समाचार

लडेर घाईते भएका पत्रकार पंडितलाई नेपालगंज लगियो

  • नागरिक रैबार
लडेर घाईते भएका पत्रकार पंडितलाई नेपालगंज लगियो

नागरिक रैबार/बाजुरा १८ फागुन। हिमाली गाउँपालिकाको विच्छ्यामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाईते भएका प्रेस युनियनका केन्द्रिय सदस्य पत्रकार दयाराम पंडितलाई थप उपचारका लागि हवाईजहाज मार्फत नेपालगंज लगिएको छ ।

आइतबार दिउसो पुर्वी उतरी भेगको हिमालि गाँउपालिका १ बिच्छाको घट्टेबगर खोलामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाइते भएका पत्रकार पंण्डितलाई मंगलबार दिउसो थप उपचारका लागी हवाईजहाज मार्फत नेपालगञ्ज लगिएको हो ।

३ दिन अघि लडेर गम्भिर घाईते भएका पत्रकार पंडितको टाउको र घुँडामा गम्भिर चोट लागेको छ । सोमबार साँझ मात्र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याईएका पंडितको टाउकोमा चोट लागेकाले सिटिस्कान गर्नु पर्ने भएकोले कोल्टीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि कोल्टीबाट नेपालगंज लगिएको प्रेस युनियन बाजुराका सचिव प्रसान्तराज जोशीले बताएका छन् ।

विज्ञापन

पत्रकार पण्डित सदरमुकाम मार्तडीबाट फागुन ११ गते पुर्वीउत्तरी क्षेत्रका सवालहरुको बारेमा समाचार सङ्कलनका लागि गएका थिए ।
पत्रकार पंडित रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा बाजुराबाट काम गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार